ताजा खबर

पोखरामा कफि कल्चर फष्टाउदै

डि.एन.बी.
पोखरा ४, माघ

पर्यटकीय नगरी पोखरामा कफि कल्चर फष्टाउदो रुपमा रहेको छ । पोखरेलीहरुको आय स्तर बृद्धि भएसंगै चिया पिउने वानीबाट कफिमा रुचि बढेसंगै पोखरामा पछिःल्लो समयमा कफि कल्चर फष्टाउदै गएको कफि व्यवसायीहरुले बताएका छन्।

पोखराको चोकै पिच्छे जस्तो कफि सप अनि कफि सपमा साना तिना कुराकानी र भेटघाट गर्ने थलो समेत हुन थालेको छ । कुनै समय गल्ली पिच्छे खोलिने चिया पसल हिजोआज समय अनुसार मानिसहरुको आयस्तर बृद्धि भएसंगै यो सस्कृति परिवर्तन हुदै कफि सपमा परिणत हुन थालेको पोखराका एक कफि युवा व्यवसायी शोभित ठकुरीले बताए । कफिमा क्याफिङको मात्र प्राप्त हुने हुँदा मानिसमा स्फुर्ती आउने हुँदा यसको नियमित सेवनले धेरैलाई बढी जागरिलो र फुर्तीलो पार्ने हुदा पनि कफि कल्चर पोखरामा फस्टाउदो रुपमा रहेको उनको बुझाई छ ।

अर्कोको रोजगार हुदै मादक पदार्थको व्यवसायमा समेत हात हालेका ठकुरी हाल
पोखराको न्यूरोडमा कफि घर संचालन गरी ५ जनालाई रोजगार दिएका छन्।
कफि सप र कफि खानेको एक प्रकारको फेसन जस्तै भएकोले यही लहरमा साथी
भाईको लैलै मा कफि सप खोल्न पुगेका उनले अबको भविश्य नै कफिमा खोज्न
थालेका छन्। न्युरोडमा सानो कोठाबाट सुरु भएको उनको कफि घर अब कफि एकेडेमी र
कफि फार्म समेत संचालन गर्ने योजनामा रहेका छन्। २० बर्षको लागि उनले
पोखराको न्युरोडमै २ रोपनी क्षेत्रफलमा कफि सम्बन्धि तालिम, कफि सप,
वेकरी खोल्ने योजनाका साथ हाल कफिमा भविश्य खोज्न थालेका हुन्। एक
बर्षको अन्तरालमा आफुले सोचे भन्दा धेरै राम्रो भएकोले आफुले पन्च
बर्षीैय योजना बनायरै कफि प्रबद्र्धनमा लाग्ने रणनितीक योजना बुनेको उनले
कफि गफमा सुनाए । कफि व्यवसाय देखि कफि खानेमा समेत युवा शक्तिनै यसमा
बढी सक्रिय भएको उनको बुझाई छ ।

हाल कास्की जिल्लाकै पहाडी क्षेत्रमा उत्पादन भएको विभिन्न सहकारीहरु मार्फत
उत्पादित अर्गानिक कफि नै आफुनो कफि घरमा कफि पाक्ने गरेको ठकुरीले एटुजेटलाई
जनाए । कफि सप संचालन गर्दा राम्रोसंग कफिको बारेमा बुझेर व्यवसाय
संचालन गर्न आग्रह गरेका ठकुरीले हाल लहरमा खोलिएका कफि सपहरुले अब कफि
उत्पादनमा पनि उत्तिकै जोड दिन सके मात्र कफिको नेपाली बजारमा भविश्य राम्रो
हुने उनको तर्क छ । पोखराको बजारमा स्थानिय तथा स्वदेशी कफि भन्दा विदेशी
कफि नै पाक्ने गरेको उनले सुनाए ।

कफिको वोट देखि कप सम्म सन्तुलन मिलायर काम गर्न नसके कफिको भविश्य अन्यौल हुने हुदा कफि उत्पादनमा जोडिनै पर्ने उनको राय छ । कफि सप खोल्ने र कफि सपमा काम गर्न चहानेहरुलाई कफि मेकिङ ट्रेनिङ मार्फत एक सय ६० बढीलाई प्रशिक्षण गराएका ठुकरीले प्रशिक्षण गरेका मध्यले तीन जनाले कपि सप खोले भने करिब ७०
प्रतिशत जसो रोजगारको शिलशिलामा अष्ट्रेलिया लगायतका देशमा पुगेका छन्।
कास्कीमा कफिको प्रबद्र्धन गर्न सहकारी मोडलमा निकै राम्रो काम गर्दै आएको
छ । जिल्ला कफि सहरकारी संघ कास्कीले प्रत्यक्ष रुपमा १४ सहकारी र अप्रत्यक्ष
रुपमा उतिकै सङख्याका सहकारीबाट कफि प्रबद्र्धनात्मक तथा कफि संकलन गर्दै
आएको छ ।

संघ कास्कीका अध्यक्ष आनन्द सुवेदीले पछिल्लो दुई बर्ष देखि
कास्कीमा कफि खेतिमा गभारो र सिन्दुरै रोगले सताउदा कफि उत्पादनमा निकै
हस आएको दाबी गरे । पोखरामा हाल छ्याप छ्याप्दी खोलिएका अधिकांश कफि
सपमा भारतिय कफि नै पाक्ने तर भारतिय कफिलाई नेपाली अर्गानिक कफि भनेर
बिक्रि हुने गरेको उनले गुनासो गरे । नेपाली कफिमा अरविका जातका बढी
हुने गरेको तर भारतिय कफिमा भने अरविकाको साथमा रोवस्टा बढी आउने गरेको अध्यक्ष सुवेदीले जनाए । भारतिय कफि धेरै मात्रमा उत्पादन गर्दा रसायनिक र किट्नासक औषधि समेत प्रयोग गरेको हुदा प्राङगारिक मलको प्रयोगको कारण गुणस्तरिय नेपाली कफिमा अन्य देशको कफि संग तुलना गर्न नमिल्ने उनको तर्क छ ।

भारतको कफि र नेपालको कफि बिक्रि गर्दा मुल्य सहित छुट्टै ढंगले त्यसको
बिक्रि वितरण गरी नेपाली कफिको महत्व बुझन र बुझाउन कफि सप तथा कफि
पारखिहरुलाई उनले आग्रह गरे । कोरोनाको कहरका बाबजुत धेरै व्यवसाय चल्न
नसकेको वेला कपि सपले पोखरा बजार तताएको उनले बताए । पोखरामा हाल
कोरोनाको महामारीका वेलामै करिब ५० वटा कफि सप संचालनमा आएको अध्यक्ष
सुवेदीले बताए । उनका अनुसार पोखरामा हाल करिब ३ सय वटा कफि सप रहेका
छन्।

उसो त नेपालमा उत्पादन भएको कफि विश्वका चर्चीत मुलुक अमेरीका, जापान,
यूरोपमा ए ग्रेडको कफि निर्यात हुने गर्दछ । कफीको इतिहास हेर्दा १८
औँ शताब्दिमा इथोपियाबाट सुरु भएको पाइन्छ भने यसले नेपालमा करिब ८०
बर्ष देखि यसको प्रयोग भएको पान्इन्छ । पोखरामा भने लेकसाइडबाट कफि
कल्चल सुरु भएको पाइन्छ । कफी प्रेमीको रोजाइमा एस्प्रेसो, लाट्टे, मोचा,
अमेरिकानो, क्यापिचिनो, आइस्ड कफी, आयरिस,आइस अमेरिकानो आदी पर्छन्
। जाडो मौसममा मात्र नभएर गर्मी मौसममा पनि कफी खान सकिन्छ । कफि मेकरले
मासिक ५०÷६० हजार तलव खान थालेका छन्। कफि बजारमा चहल पहल भएसंगै यसले
केहीलाई रोजगार समेत सृजना गरेको छ ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा कफी उत्त्पादन हुदै आएको छ । गण्डकी प्रदेशमा करिब १० हजार जना व्यवसायीक कफी किसान भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकी प्रदेश कार्यालयले जनाएको छ । पोखरामा प्रति कप कफिको ६० देखि २ सयसम्म पर्दछ । पोखराको गैहपाटनमा रहेको एटदरेट (२) कफि सपमा हाल
दैनिक जसो ५०÷६० देखि एक सय जनासम्म कफि खान आउने गर्दछन्। कन्सल्टेन्सिमा
काम गर्दा गर्दै कफि मन पर्ने भएकोले कफि सपमा काम गर्न थालेकी एक युवती
आरती क्षेत्री पनि आफ्नो भविश्य कफिमै भएको दाबी गरिन्।

उनको बुझाईमा पनि चिया कल्चरबाट पोखरामा कफि कल्चरमा विकास भएको छ, एकै
व्यक्तिले एक दिनमा ४÷५ कप सम्म कफि पिउने गरेकोले यस व्यवसायबाट धेरै लाभ
लिन सकिने व्यवसाय भएको दाबी गरिन्। क्याफिन एडिकले गर्दा केही युवालाई
कफिको खोजिमा भौतारिएको हुदा अब हरेक टोल टोलमा कफि सप आवश्यक
भएको उनले बताइन्।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *