ताजा खबर

पोखरा सहित चार गाउँपालिकामा काँग्रेसको प्रदर्शन

पोखरा, ३ माघ

सरकारले संसद विघटन गरेको विरुद्व नेपाली काँग्रेसले शुरु गरेको चरणवद्व आन्दोलन अन्तर्गत शनिवार पालिकाहरुमा प्रदर्शन गरिएको छ । काँग्रेसले एकै साथ देशैभरका सात सय ५३ पालिकामा प्रदर्शन गरेको हो ।

कास्कीमा पोखरा महानरपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छे« गाउँपालिकामा प्रदर्शन गरिएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । पोखराको प्रदर्शन चिप्लेढुङ्गास्थित पार्टी कार्यालय, मादीको प्रदर्शन याङ्जाकोट, रुपाको ध्रुवतारा क्लव प्राङ्गण, अन्नपूर्णको प्रदर्शन नागडाडाँ र माछापुच्छ«ेको प्रदर्शन महेन्द्र माविको प्राङ्गणबाट शुरु भएको थियो । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको प्रदर्शनपछि नयाँपुलमा आयोजित विरोध सभामा बोल्दै काँग्रेस नेता शुक्रराज शर्माले कम्युनिष्टलाई मत दिएर जिताएकाहरुले अहिले पश्चाताप गरिहेको बताए ।
कम्युनिष्टले समस्या देखाउने तर समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ । नेता शर्माले अन्तर्राष्ट्रिय नेता र सिद्वान्त मान्ने कम्युनिष्ट राष्ट्रवादी हुनै नसक्ने बताए ।

उनले देश र जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका योजना आवश्यक रहेको उल्लेख गरे । उता मादी गाउँपालिको याङ्जाकोटमा आयोजित विरोध सभामा बोल्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कम्युनिष्टका कारण सर्वसत्तावाद बढेको बताए ।
उनले लोकतन्त्रमाथिको प्रहार काँग्रेसलाई स्वीकार्य नहुने उल्लेख गरे । सभापति केसीले राणा र पञ्चायतले नगरेको आर्थिक अनियमितता वर्तमान सरकारले गरेको भन्दै निन्दा गरे ।
अन्नपूर्ण गाउँपालिकाको विरोध सभामा नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ, महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, जिपि कोइराला फाउण्डेशन कास्कीका अध्यक्ष यादवराज अधिकारी, महिला नेतृ खेमकुमारी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ५ का वडाध्यक्ष जीवनाथ पौडेल ‘शंकर’, १ का वडाध्यक्ष भरतजंग कुँवर, ६ का वडाध्यक्ष चित्रबहादुर गुरुङ, शिक्षक संघका शिव तिमिल्सिना, वडा इकाइ सभापति इन्द्रप्रसाद सुवेदी, पूर्व डिएसपी गमबहादुर गुरुङ, युवा नेता विकास गुरुङ र विजय गुरुङले बोलेका थिए । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्णप्रसाद सुवेदीले संचालन गरेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *