साधारण सभामा ८ जना पत्रकार पुरस्कृत हुने

पोखरा २९, पुष

नेपाल पत्रकार महासंघ कस्की शाखाको माघ २ गते हुने १५ औं साधारण सभामा विभिन्न पुरस्कारबाट पोखराका ८ जना पत्रकार पुरस्कृति हुने भएका छन्। महासंघ कास्की शाखाका अध्यक्ष दीपन्द्र श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको १ सय २ औं बैठकले विभिन्न प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन गर्दै उक्त पुरस्कारहरु सार्वजनिक गरेको हो ।

 

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चाल गदै आएको दयाशंकर पालिखे स्मृति पत्रकारीता पुरस्कार २०७६ बाट महासंघका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित हुने भएका छन्। त्यसै गरी जगेन्द्र भण्डारी पत्रकारीता पुरस्कार २०७७ बाट भरत कोइराला, जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७६ बाट अर्जुन गिरी, जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७७ बाट भीम थापा, मिना सृजनशिल पत्रकारीता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारीता पुरस्कार २०७६ बाट कमल पोडैल अर्थक, २०७७ बाट मोतिसागर अधिकारी र आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत हुने भएको सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।

त्यस्तै पोखरा पत्रकारिता सम्मानबाट यस बर्ष संस्थागत रुपमा सूर्यप्रेम बहुउद्धेश्य समाज सेवा ट्रसलाई सम्मान गरिने भएको छ ।

Related posts