ताजा खबर

पोखरा २२ का सन्तोषको एक साता पछि फेवातालमा शव भेटियो

डि.एन.बी.
पोखरा २९, पुृष

पोखरा २२ (पुम्दी भुम्दी) का सन्तोष परियारको एक साता पछि फेवातालमा शव भेटिएको छ । यही पुष २२ गते अनदुको चिहान डाँडा नजिक पिकनिक(वनभोज) पुगेका पोखरा २२ का २७ बर्षीय परियारको आज(बुधबार) फेवातालमा तैरिरहेको अबस्थामा उनको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पिकनिक खाएर घर नर्फर्किए पछि उनको खोजतलास विभिन्न ठाँउ हुदै फेवातालमा समेत हुँदा एक सातासम्म पक्ता लगाउन नसकेको अबस्थामा आज (बुधबार) भने उनी वेपक्ता भएको स्थल भन्दा करिब ३ सय मिटर नजिक तालको माथिल्लो भागमा तैरिएको अबस्थामा भेटिएको स्थानियले जनाए । उनको शवको बुधबार नै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा पोष्टमाटम पश्चात उनका आफन्ते बुझेको कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए । उक्त घटनाको थप अनुसन्धान भने भई रहेको उनले जनाए । पिकनिक खान गएका परियार अचानक फेवातालमा परी निधन भएको घटनाले आफुहरु निकै दुखि भएको पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले बताए ।

गोर्खाका कोइराला मृत अबस्थामा भेटिए

गोरखा शहिद लखन नगरपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १९ लामाचौर स्थित खेत भन्ने स्थानमा फर्निचर उद्योगमा काम गर्दै आएका ३२ बर्षका का सुरेश कोइराला मृत अस्थामा भेटिएका छन्।

कृष्ण बहादुर माजकोटीले संचालन गरेको उक्त उद्योगमा काम गर्दै आएका कोइराला भित्र ब्लकले बनेको कोठामा भित्रबाट चुक्कुल लगाई सुतेकोमा विहान नउठे पछि प्रहरीलाई खबर गरे पश्चात प्रहरी टोली पुगि स्थानीय प्रतिनिधिको रोहवरमा ढोका खोल्दा मृत अबस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनले ढोका लगाएकोले ढोका फोरी हेर्दा खाटमा कोल्टो परी मृत अवस्थामा फेला परेकोले उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *