ताजा खबर

माघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न

पोखरा, पुष २८

ढुंगे साँघुमा मकर संक्रान्ति –माघ १ गतेका दिन हुने जात्राको ब्यबस्थापनको ८० तयारी सम्पन्न भएको छ ।
त्यहाँ बिभिन्न मनोकामाना र बिभिन्न उदेश्यका साथ सो स्थानमा बर्षेनि लाखौ मानिस जाने गर्दछन ्।
हिन्दु परिषद नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यका अनुसार सबैको पहलमा माघ १ गते सार्बजनिक बिदा परेको हुँदा बिगतका बर्षमा भन्दा यो बर्ष दुइ गुणा मानिस आउने अनुमान गरिएको बताउनुभयो ।

ढुंगे साँघुको मेलामा हुने पुरानो चलन रातभर भजन किर्तन, दुई दिन एक रातको स्वस्थानि ब्रत को पुर्ण बिधि , रोइला लगायत अन्य गितको संस्कृति, मगर संस्कृति, नेवार संस्कृति, स्नान संस्कृति,खाद्द संस्कृति, पर्ब पुजा संस्कृति, बिशेष जात्रा पुजा संस्कृति, कन्या द्वारा होमन संस्कृति , हाट बजार संस्कृति लगायत बहु सांस्कृतिक मेला र जात्रा को रुपमा चिर परिचित मेला र जात्रा हो । सदा शिब सिद्देस्वर हरिहर मन्दिरका निबर्तमान अध्यक्ष दीपक आचार्यका अनुसार माघे संक्रान्ती को खास अर्थ बैज्ञानिक हिसाबले अति महत्वपुर्ण छ । ढुङ्गेसांघु जात्रा मा रातभर दिनभर भजन गित, ७ दिन सम्म भागवत कथा, एक दिने कन्दमुल प्रतियोगितार प्रदर्शन, निःशुल्क कन्दमुल बितरण, कराते प्रतियोगिता फरक फरक दुई स्थानमा, संकल्प दान को सहज वातावरण, कुटो कोदालो डोको नाम्लो लगाएत घरेलु औजार, खेल मनोरन्जन का विधि जस्ता अन्य कुराहरु यो बर्ष सम्भब नभएको जानकारी प्राप्त भएको छ ।

ब्रह्माण्डमै यो भन्दा उत्तम तिर्थस्थल अन्यत्र नरहेको कुरा सेती गण्डकी महात्मयबाट नेपालीमा तार पाखेले उल्था गरेर किताब नै निकाल्नुभएको कुरा स्थानियहरु बताउँछन ।  यस्तो बहु सांस्कृतिक धरोहर जोगाउनु समाजको कर्तब्य र जिम्मेवारि दुबै हो । हरिहर दर्शन , राम सिता दर्शन, शिब दर्शन लगाएत सम्पुर्ण देबि देबता समेत हरिहर को ज्योति स्वरुप दर्शन गर्न पृथ्बिको ढुङ्गेसांघुमा आउने दिन हो मकर संक्रान्ति भन्ने आम बुझाइ रहेको छ ।
मकर संक्रान्तिका अवसरमा वैकल्पिक खाद्य स्रोतका रुपमा रहेको कन्दमूलका लागि परम्परागत सभ्यतामा कसरी सांस्कृतिक रणनीतिका आधारमा खाद्य सुरक्षाको तकनिकी अपनाएका थिए । ज्ञानको सञ्चारीकरण र संरक्षण प्रयासमा नागरिकहरुको ध्यानाकर्षण गराउन परम्परागत हाट बजारको संस्कृतिको पहिचान बन्दै आएको दक्षिणी पोखराको ढुंगे साँघुमा बिगतका बर्षहरुमा माघे संक्रान्तिका अवसरमा कन्दमूल प्रवद्र्धन मेला आयोजना गरिएको थियो ।

सदाशिव हरिहर मन्दिर गुठी व्यवस्थापन समितिले मकर संक्रान्तिका अवसरमा वैकल्पिक खाद्य स्रोतका रुपमा रहेको कन्दमूलका लागि परम्परागत सभ्यतामा कसरी सांस्कृतिक रणनीतिका आधारमा खाद्य सुरक्षाको तकनिकी अपनाएका थिए भन्ने ज्ञानको सञ्चारीकरण र संरक्षण प्रयासमा नागरिकहरुको ध्यानाकर्षण गराउन कन्दमूल प्रवद्र्धन मेला आयोजना गरिएको तत्कालिन मेलाका संयोजक शंकर आचार्यले बताएका छन् ।
अबको मानव स्वास्थ्य सन्तुलनका लागि कन्दमूलको प्रयोग संस्कृति विस्तार, बजारीकरणमा सहजीकरण गर्न र कन्दमूलका प्रजातिहरुको प्रदर्शनी, तिनीहरुको पोषण र भिटामिन तथा खनिज मात्रको उपलब्धताका आधारमा वैज्ञानिक वर्गीकरणको ज्ञान प्रवाह गर्ने कार्यमा सदाशिब हरिहर मन्दिर अग्रसर भएर बिगत बर्ष देखि लागिरहेको छ । बिगत हजारौ बर्षदेखि लाग्दै आएको यो जात्रालाई मेला पनि भनिन्छ जात्रा र मेला दुबै संयुक्त रुपमा हुने नेपालको एक मात्र बहुसांस्कृतिक जात्रा को रुपमा येस्लाइ बुझ्न हिन्दु परिषद नेपालले आव्हान गरेको छ ।
माघ १ को महत्वमाघ १ गते माघे संक्रान्ति पर्व मनाईन्छ । यस पर्वको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी । हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।

माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ । जस्लाई हामि सुर्य उत्तारायण भएको पनि भन्छौ ।माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ । तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ ।

अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ । यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।
ढुङ्गेसांघु जात्रा संग स्वास्थानि ब्रत को सम्बन्ध के छ ??

आचार्यका अनुसार स्वास्थानी व्रत विशेष गरि पोखराको ढुङ्गेसाघुमा हुन्थ्यो यो माघे संक्रान्तिमा सुर्य उत्तारायण भएपछी गरिन्थ्यो । त्यो जम्मा दुई दिन एक रातको हुन्थ्यो । राजा नबराजलाई पोखरा १७ महतगौंडा ढुङ्गेसाघुको अहिले सिताघाट भनेर चिनिने घाटमा नुहाउदा हरिहर प्रकट भएर दर्शन दिनुभयो जो पछि लाबण्य देश को राजा भए अहिले केही इतिहासकार हरु हिजोको लाबण्य देश अहिलेको साखु भनेर पनि भन्छन । यो स्थान (जहाँ हरिहर ले नबराज लाई दर्शन दिनुभयो ) जस्लाइ अहिले हामी महतगौंडा भनेर भन्छौ भने परापुर्ब कालमा ढुङ्गेसांघु भनिन्थ्यो येहा सबै भक्त हरु पौष दोमासे मा सबै सामाग्री लिएर आउने अनि माघ १ गते सुर्य उत्तारायण भए पछि दुई दिन १ रात येहि विधि पुर्बक व्रत गरेर घर फर्कन्थे तर करिब ४१२ बर्ष अगाडि एक महिने विधि का पुस्तक आएपछी यो व्रत नया तरिकाले अगाडि बढेको हो । बिभिन्न संस्कार र संस्कृतिको पहिलो ऐतिहासिक यस स्थल मा मानिस हरु को भिड घचाघच हुने गर्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *