ताजा खबर

१५ औं अन्तराष्ट्रिय सफल म्याराथन फागुन १ गते हुने

डि.एन.बी.
पोखरा २८, पुष

भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं संस्करणको सफल पोखरा
अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता फागुन १ गते हुने भएको छ । फागुन १
गते उक्त म्याराथन सहित महिलाहरुको लागि २१ किलोमिटरको हाफ म्याराथन
प्रतियोगिता समेत हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा
जानकारी गराएको हो ।

४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र
तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा
ट्रफी मेडल, प्रमाणा—पत्र प्राप्त गर्ने भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले
बताए । त्यसै गरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख,
उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार
नगद प्राप्त गर्ने भएको उनले जनाए । मञ्चले यस बर्ष देखि महिला धावकहरुलाई
समेत प्रोत्साहन गर्ने उद्धेश्यले हाफ म्याराथन प्रतियोगिता संचालन गर्न
लागेको अध्यक्ष गुरुङले बताए । कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड
प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको मञ्चका पूर्व
अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए । त्यसै १० किलोमिटर महिला तथा पुरुष
तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष
तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउदो वैशाख ४ गते मञ्चको
बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र÷छात्रा दौड
प्रतियोगिता हुने भएको पूर्व अध्यक्ष रानाभाटले जनाए ।

यस बर्ष भने रन फर फनको कार्यक्रम कोभिड—१९ ले गर्दा नहुने भएको मञ्चले
जनाएको छ । महिला र पुरुष दुवैतर्फका १० किलो मिटर दौडका विजेताले
जनही १५ हजार रुपैयाँ, उपबिजेताले १० हजार, ५ किलोमिटर दौड छात्र र छात्राका
विजेताले समान १० हजार , उपबिजेताले ७÷७ हजार पुरस्कार प्राप्त गर्ने भएका
छन्। त्यसै गरी दृष्टी विहिन तर्फको पुरुष महिला विजेताले ७ हजार,
उपविजेताले ५÷५ हजार, ह्विल चियरका तर्फ मलिहा तथा पुरुष तर्फका विजेताले
जनही ७÷७ हजार ,उपबिजेताले भने ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विभिन्न
प्रतियोगिताको परस्कार राषिमा मात्र ८ लाख २ हजार रुपैया खर्च हुने भएको
मञ्चका सचिव कृष्ण तिमिल्सिनाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष
गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको
उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले
जनाए । त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग
गरेको गुरुङले जनाए । उनका अनुसार संघिय सरकार अन्र्तगत युवा तथा खेलकुद
मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त
प्रतियोगिताको लागि १०÷१० लाख रुपैया विनियोजन भएको छ ।

कोरोनाको बाबजुत पनि भगिनी सम्बन्ध गासिएका छिमेकी मुलुकका केही शहरबाट
केही धावकहरुलाई सहभागि गराउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए
। २०५८ सालमा स्थापना भएको मञ्चले उक्त प्रतियोगिताबाट बचत भएको केही रकम
सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको मञ्चका महासचिव खेम बहादुर गुरुङले
बताए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *