जया पौडल
पोखरा २८, पुष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेकपाको संस्थापन पक्ष आफुहरु नै हुने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेश स्तरिय बृहत कार्यकर्ता भेला तथा सघर्ष अभिमूखिकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष द्धय नेपाल र प्रचण्डले आफुहरुसंग पार्टीको विधान अनुसार ५० प्रतिशत भन्दा बन्दा बढी केन्द्रिय सदस्य भएको हुनाले नेकपाको संस्थापक पक्ष आफु नै हुने दाबी गरेका हुन्।
संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोले यसको पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले फैसला गर्ने भएको दुवै अध्यक्षले विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशलाई अस्थिरतर्फ लैजाने मुख्य दोषी प्रधानमन्त्री ओलीले भएको दाबी गरे । उनले भने “ ओलीलाई मैले ४९ बर्ष व्यहोरे, प्रचण्डलाइ करिब ३५ बर्ष ओलीको बारेमा मलाई आन्द्राभुडि थाहा छ, पहिले देखि नै उनीमा गुटवन्दी प्रबृत्ति हावि थियो, पार्टी कार्यालयमा बैठक बस्नु भन्दा आफ्नो निवासमा आफ्ना आसेपासेसंग भेटघाट गर्न व्यस्त भए, आज त्यही गुटवन्दीले गर्दा देशमा हाल अस्थिरता सृजना भएको छ । ” प्रधानमन्त्री ओलीलाई पुनः मुल पार्टीमा फर्किन आग्रह गर्दै अध्यक्ष नेपालले सचियर आए अझै पनि समय भएको बताए । पार्टी एकतामा हाल नेता बामदेव गौतम लागेको प्रशंग उल्लेख गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा कम्यूनिष्ट पार्टीको कुनै विचार र सिद्धान्त नभएको दाबी गरे । पार्टी भित्रको विवादलाई लियर लोकतन्त्र, संविधान र जनताको अधिकारलाई कसैले हनन गर्न नहुने बताएका अध्यक्ष नेपालले देशमा हाल सृजना भएको अस्थिरतामा आफुहरुको कुनै गल्ती नभएको जनाउदै यसको अग्नी परिक्षा दिन आफुहरु तयार रहेको उल्लेख गरे । उनले भने “ प्रधानमन्त्री ओलीमा कम्युनिष्ट पार्टी प्रति आस्था छैन, व्यक्तिबादी, गुटवन्दी, सक्तामा गए देखि अङकार प्रबृत्ति, शक्तिलाई हातमा लियर दुरुपयोग गर्दै जादा हाल नाङगिएको छ, यो सरकार अब धेरै दिन टिक्दैन । ” गण्डकी प्रदेश र लुम्बिनी प्रदेश केपी ओली पिडित प्रदेशको रुपमा रहेको दाबी गर्दै अध्यक्ष नेपालले ओलीको एकलकाट्टे प्रबृत्तिले गर्दा आफ्ना एस.मेनहरुलाई मात्र अवसर दिएको आरोप लगाए ।
उनले भने “ सूर्य चिन्हः ल्याउने मान्छे म हुँ, पार्टी र निर्वाचन आयोगको विधि र सिद्धान्त अनुसार केन्द्रिय सदस्य बहुमत पुगेको पक्षले नै पार्टीको आधिकारीक चिन्ह, छाप र संस्थापक पक्ष हुने छ , त्यो हाम्रो हुनेमा हामी पूर्ण रुपमा विशोस्त भएका छौं । ” सूर्य चिन्हःमा कसैले कड्के आँखा नलगाउन ओली पक्षलाई कटाक्ष गर्दै नेपालले आफुहरुसंग सधै सूर्य चम्कि रहने र नेपाली जनतालाई उज्यालो छर्ने दाबी गरे । सूर्य चिन्हः कसैले खोस्न नसक्ने दाबी गरेका अध्यक्ष नेपालले अस्ताउदो सूर्य चिन्हः लिएमा आफुहरुले केही नगर्ने जनाए । प्रधानमन्त्री ओली विनास काले विपरित बुद्धि तर्फको बाटोमा लागेको आरोप लगाउदै नेपालले उखान टुक्काले देश चल्न नसक्ने जनाए ।
त्यसै गरी अध्यक्ष प्रचण्डले आफुहरुसंग ७० प्रतिशत केन्द्रिय सदस्यहरु रहेको दाबी गर्दै सूर्य चिन्हः आफुहरुले नै पाउनु पर्ने अन्यथा आधिहुरी बतासले कसैलाई रोक्न नसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको अबस्थामा प्रधानमन्त्री ओलीले पार्टी भित्रको अन्तर सघर्षलाई सामना गर्न नसकेर देश र जनताको हित विपरित असंवैधानिक कदम चालेको अध्यक्ष प्रचण्डले दाबी गरे । हरेक ठाँउमा प्रतिगमनकारी कदम चाल्दै ओलीले शत्तिको भरमा धम्काउने, मान्छेलाई हास्य व्याङगे र ठट्टा गर्ने गरेको तर पार्टीको निती र सिद्धान्त विपरित हिड्ने गरेको प्रचण्डको आरोप थियो । निर्वाचन आयोगले पार्टी र आयोगको विधि र निती अनुसार र विगत को नजिरलाई समेत मुल्याङकन गरी निष्पक्ष ढंगले प्रतिगमनकारी कदम बिरुद्ध फौसला गर्ने कुरामा आफुहरु पूर्ण रुपमा विशोस्त रहेको अध्यक्ष प्रचण्डले बताए । नेकपा, सूर्य चिन्हः नेपकाको संस्थापन पक्ष आफुहरु नै हुने उनले जनाए । पूर्व माओबादीलाई प्रधानमन्त्री ओलीले पाकेको फर्सिको संघा दिदा ओली पक्षमा लागेका केही पूर्व माओबादीलाई कसरी सुन्न सक्नु होला र त्यहाँ बस्नु भएको होला भन्दै ३÷४ महिनामा मुल घरमा फर्किने जनाए । घर परिवारबाट हाल रिसाएर गएकाहरुलाई परिवारकै सदस्यको रुपमा आफुहरुले स्वकार्ने आफुहरुको प्रबृत्ति रहेको प्रचण्डले जनाए ।
प्रधानमन्त्री ओलीले पार्टीको विधान विपरित केन्द्रिय सदस्यको सङख्या आफु खुसि बढाएर २ हजार ५ सय १ जना पुराउने लक्ष्यमा राख्नु, मन्त्रि परिषदमा अधिकतम २५ जना मन्त्री बन्ने प्रावधान हुँदा हुदै ४० बढीलाई मन्त्री बनाउन खोज्नु अर्को दलदलमा फसेको उनको भनाई थियो । प्रधानमन्त्री ओली माधव कुमार नेपाल भन्दा एक हजार गुणा राम्रो र शुसासनमा पनि उत्तिकै राम्रो भएको बामदेव गौतमले भन्ने गरेको प्रंशङग समेत अध्यक्ष प्रचण्डले उल्लेख गरे । पूर्व प्रधानन्यायाधिषहरुले सामुहिक रुपमा प्रधानमन्त्रीले हाल चालेको कदम असंवैधानिक भएको कुरा सार्वजनीक गर्नु निकै राम्रो कदम भएको बताउदै प्रचण्डले सर्वोच्च अदालतले संविधानमा भएको बिषयलाई नै व्याख्या गर्ने बताए । कागं्र्रेस नेता गिरीजा प्रसाद कोइरालाले सत्यको पक्षमा सडकमा टाउको फुटाए सरी अब असंवैधानिक कदम बिरुद्ध, सत्य र न्यायको पक्षमा माधव, झलनाथ सहित आफुहरुको पालो आएको अध्यक्ष प्रचण्डले बताए । संसद पुनस्थापना नहुदा सम्म शसक्त्त आन्दोलनमा उत्र्रिन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।
त्यसै गरी नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद आधार तयार पार्ने गरी दुई पार्टी एकिकरण भएकोले पार्टीको निती र विधि विपरित प्रधानमन्त्री ओली चल्न नसकेको दाबी गरे । प्रतिगमन तर्फ धकेल्ने, व्यत्तिवाद, सर्वसक्तावाद, गैर कम्युनिष्ट बिरुद्ध लोकतन्त्र बचाउन र पार्टी एकताको बाँकी कार्यभार पूरा गर्ने जिम्मा आफुहरुको काँधमा आएको उनले जनाए । प्रधामन्त्री ओलीले सेटिङ मिलायर जनतालाई भ्रम छर्ने काम गरेको प्रवत्ता श्रेष्ठको आरोप छ । संसारमा हालसम्म कसैले पनि हाल प्रधानमन्त्री ओलीले चालेको कदमलाई संवैधानिक छ भन्ने आट गर्न नसकेको उनले दाबी गरे । अझै पनि आत्मआलोचना गरी मुल पार्टीमा फर्किन प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई आग्रह गरे । नेकपा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम) लगायले वोलेका थिए ।
कार्यक्रममा प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको प्रदेश सदस्य रामजी प्रसाद बराल (जीवन) ले बताए ।