ताजा खबर

पोखरामा हेलिकोप्टरबाट पुष्पबृष्टि सहित पृथ्बी जयन्ती मनाइयो

डि.एन.बी.
पोखरा २७, पुष

पोखरामा हेलिकोप्टरबाट पुष्पबृष्टि सहित पृथ्बी जयन्ती मनाईएको छ । पूर्व राजा पृथ्बी नारायण शाहको जन्म जयन्ती एवं राष्ट्रिय एकता दीवसको अवसरमा पोखरामा सोमबार (पुष २७) मा हेलिकोप्टरबाट पुष्पबृष्टि सहित ¥यालीको आयोजना गरी उक्त दिवस मनाइएको नागरिक मुल समारोह पोखराका एक प्रतिनिधि शंकर खरालले बताए ।

पोखराको मानव अधिकार चोकबाट नौमती बाजा, भजन चुढ्काको साथमा विभिन्न समुदायका व्यक्तिहरु स्वतः स्फुर्त रुपमा ¥यालीमा सहभागि भएको खरालले जनाए । मानवअधिकार चोक देखि सुरु भएको ¥याली महेन्द्रपुल हुदै पृथ्बीचोकमा पुगेर समापन भएको थियो । र्यालीमा पूर्व राजा पृथ्बी नारायण शाहको तष्विर सहित राष्ट्रिय झण्डा समेत प्रर्दशन गरिएको थियो ।

देशमा विसम परिस्थितीले गर्दा हाल राष्ट्रिय एकता दिवसको झन महत्व बढ्दै गएको राष्ट्रिय विभूति पृथ्बीनारायण शाहले देखाएको बाटो अबलम्बन गर्नु पर्ने खरालले जनाए । 

यसैबिच, पोखरा महानगरपालिकाले पोखरा १८ सराङकोटमा निर्माण गरेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा रहेको पृथ्वीनारायण साहको शालिकमा सोमबार माल्यार्पण गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सूचना अधिकारी भरतराज पौडेल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा लगायतले पृथ्वीनारायण साहको शालिकमा माल्यार्पण गरेका थिए ।

Related posts