डि.एन.बी.
पोखरा २६, पुष
पोखराको बेगनास तालमा शुक्रबार भेटिएको शवको अझैसम्म पनि सनाखत हुन सकेको छैन्। बेगनास तालको अलैचेकुनामा तालमा तैरिरहेको अबस्थामा करिब ३० बर्षको एक पुरुषको शव भेटिएको भए पनि हालसम्म उसको परिचय (सनाखत) हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।
फ्रेन्चकटमा दारी जुुंगा काटेको, एडिडासको ट्याकसुटमा निलोमा सेतो धर्सा भएको, छालाको चप्पल लगाउने गरेको मानिसको हालसम्म कुनै सनाखन नभएको बताइएको छ । ५ फिट ८ इन्च जसो उचाई भएको उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।