
डि.एन.बी.
पोखरा २६, पुष
लायन्स क्लव अफ पोखरा सेन्टेनियलले पोखराका सामुदायिक बिद्यालयहरुको लागि ५० हजार वटा मास्क वितरण गरेको छ । क्लवले एक समारोहका बिच आइतबार बाराही वेकरीको परिसरमा पोखराका २० वटा सामुदायिक बिद्यालयलाई उक्त मास्क वितरण गरेको हो ।
प्रति बिद्यालयलाई २ हजार ५ सय वटा मास्क वितरण गरिएको क्लवका अध्यक्ष प्रगत कायस्थले बताए । केही दिन अघि नेपाल पत्रकार महासंघ कास्कीलाई १० हजार, काठमाण्ठौंमा २५ हजार, मास्क वितरण गरेको क्लवले सोमबार भने सुरक्षा निकायलाई मास्क वितरण गर्ने उनले जनाए । कोरोना शंक्रमण हाल पनि जारी रहेको यो अस्थामा चाइनाको विभिन्न क्लवहरुसंगको सहकार्यमा आफुहरुले चाइनबाट २ लाख २५ हजार वटा सर्जिकल मास्क ल्याएको अध्यक्ष कायस्थले जनाए । पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, क्लवका अध्यक्ष प्रगत कायस्थ, निवर्तमान अध्यक्ष विजेश पालिखेलेले बिद्यालयका प्रतिनिधिहरुलाई उक्त मास्क वितरण गरेका हुन्।
उक्त अवसरमा क्लवले लायन्स क्लव अफ सेती गण्डकीलाई ५ हजार वटा मास्क वितरण गरेको हो । लायन्स क्लव अफ सेती गण्डकीका अध्यक्ष कल्पना थापालाई उक्त मास्क हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आचार्यले पोखरामा हाल अधिकांश सामुदायिक बिद्यालयहरु संचालन भएकोले महानगरले पहिलो चरणमा २ लाख मास्क वितरण गर्ने लक्ष्य राखेको बताए । उनले भने “ महानगरको मास्क वितरण अभियानमा लायन्स क्लव अफ पोखरा सेन्टेनियलले केही सहयोग गरेकोमा धन्यवाद दिन चहान्छौं, अन्य विभिन्न संघ संस्थाले सहयोग गर्दै छन्।” वितरण भएको मास्क बिद्यालयमा आवश्यकताको आधारमा शिक्षक भन्दा बिद्यार्थीहरुलाई नै वितरण गर्न उनले सुझाव दिए । उनले भने “ शिक्षकहरु मास्क किन्न नसक्ने अबस्थामा छैनन, पारदर्शीताको लागि पनि मास्क वितरण भएको अभिलेख राख्नु होला । ”
पोखराका बिद्यालय विर आधारभूत बिद्यालय, विन्यवासिनी मावि ९वाटुलेचौर०, इन्द्रराज्य लक्ष्मी मावि, छोरेपाटन मावि, राष्ट्रिय मावि, रत्न राज्य कन्या स्कुल, वालमन्दिर स्कुल, बाराही मावि, ताल बराही मावि, जनप्रिय मावि, नविन मावि, भद्रकालि मावि, महेन्द्र मावि, नभ प्रभात मावि, सहारा आधारभूत बिद्यालय, अम्मरसिंह मावि, विन्ध्यवासिनी मावि ९वरपाटन० , कल्याण आधारभूत स्कुल, र श्रीराम आधारभूत स्कुललाई जनही २ हजार ५ सय वटा मास्क वितरण गरिएको हो ।
यस अघि क्लवले नेपाल पत्रकार महासंघ कस्की शाखालाई १० हजार वटा मास्क वितरण गरेको क्लवका निवर्तमान अध्यक्ष विजेश पालिखेले बताए । काठमाण्डौंमा २५ हजार वटा मास्क वितरण गरेको क्लवले अन्य मास्क अावश्यकताको आधारमा वितरण गर्ने जनाएको छ । क्लवले यस अघि विभिन्न सामाजिक कार्य गर्ने क्रममा चाइनाको विभिन्न क्लवसंगको सहकार्यमा नेपालमा आखाँ शिविर समेत आयोजना गरेको निवर्तमान अध्यक्ष पाखिलेले जनाए । सहारा आधारभूति बिद्यालयका प्रध्यानाध्यापक लोचना अधिकारीले सुकुम्बासी बस्तीमा आफ्नो बिद्यालय रहेकोेले अधिकांश बिद्यार्थीहरु मास्क विना आउने गरेको बताइन्। बिद्यालयले प्राप्त गरेको मास्क मास्क नलगाएका र धेरै दिसम्म एउटै मास्क प्रयोग गरेकाहरुलाई मास्क वितरण गर्ने बताइन्।