
डि.एन.बी.
पोखरा २३, पुष
फुडमाण्डुले पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले काठमाण्डौमा आफ्नो सेवा विस्तार गरेको १० औं बर्षगाँठको अवसरमा पोखरामा पहिलो सेवा विस्तार गरेको हो ।
उक्त कम्पनीले हाल १० जना कर्मचारीबाट सेवा संचालन गरेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फुडमाण्डुका म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले बताए । गुणस्तरिय खानेकुराहरु अनलाइन मार्फत घरमा नै उपलब्ध गराउने उद्धेश्यले फुडमाण्डुले पोखरामा विहिबार देखि नै सेवा संचालन गरेको फुडमाण्डुका म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले बताए ।
यही जनवरी ३१ तारिखसम्म कम्पनीले पोखरेलीहरुको लागि ३० प्रतिशत वा ३ सयसम्मको छुट दिने घोषणा गरेको छ । विभिन्न प्रकारका रेष्टुरेन्टमा बन्ने विभिन्न परिकार ग्राहकले अनलाइनमार्फत, फोन तथा याप मार्फत समेत अर्डर गर्ने सक्नेछन् । उनले भने “ पोखरामा हामीले हाल सानो संरचनाबाट यसको सेवा सुरु गरेका छौं, हाल स्थानिय ३० वटा होटल तथा रेष्टुरेण्टहरुसंगको सहकार्य भएको छ ।”
कम्पनीले काठमाण्डौंमा ६ सय वटा होटल तथा रेष्टुरेण्टहरुसंगको सहकार्य गरेको छ भने २ सय ५० जना राइडर मार्फत सेवा संचालन गर्दै आएको कम्पनीका सेल्स एण्ड मार्केटिङ चिफ श्याँमरत्न मालीले जनाए । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले काठमाण्डौंको उक्त कम्पनी पोखरामा आएर सेवा दिनुले पोखराको होटल तथा रेष्टुरेण्टहरुको कारोवार बढ्ने विश्वास व्यक्त गरे ।