पोखरा २०, पुष
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सिसि क्यामराको निगरानीमा हने भएको छ । पोखरा पर्यटन परिषदको संयोजनमा हालै सिसि क्यामरा मर्मत संहार र थप ३ वटा सिसि क्यामरा जडान भएकोले लेकसाइडको मुख्यचोक सहितको बजार सिसि क्यामराको निगरानीमा हुने भएको परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
पोखराको लेकसाइड क्षेत्रमा हुन सक्ने घटना तथा दुर्घटना एवं चोरी डकैतिका घटनालाई समेत न्यूनिकरण गर्न र भवि भत्य हुने घटनाको सत्य तथ्य पक्ता लगाउन सिसि क्यामरा चौबिसै घण्टा चुस्त दुरुस्त अबस्थामा राखिएको अध्यक्ष भट्टराइले बताए । लेकसाइडको शहिदचोकदेखि खहरे, डिहिकोपाटन क्षेत्रसम्म हाल २० वटा सिसि क्यामरा रहेको उनले जनाए । ३६० डिग्रिसम्म हेर्न मिल्ने उच्च प्रविधिका तीन वटा सिसि क्यामरा समेत उक्त क्षेत्रमा जोडिएको अध्यक्ष भट्टराइले जनाए ।
क्यामरा बिग्रदा लेकसाइड क्षेत्रमा आपराधिक कृयाकलाप बढ्न सक्ने भन्दै स्थानियहरुले चिन्ता व्यक्त गरेकासंगै आफुरहरुले सामाजिक उत्तरदाहित्व बोध गर्दै रेवान पोखरा सहितका पर्यंटन सम्बद विभिन्न संघ संस्था एवं केही व्यक्तिको सहयोगमा हाल सिसि क्यारमा चुस्त दुरुष्त अबस्थामा राखिएको उनले बताए । यसैविच अध्यक्ष भट्टराईले व्यक्तिगत तर्फवाट सोही समारोहका विच भिटोभ र नाट्टा क्षेत्रिय संघ गण्डकी प्रदेशलाई एक–एक वटा डिजिटल माइक्रोफोन सहयोग प्रदान गरे ।
यसैबिच, क्षेत्रको सडक छेउमा जडित सिसी टिभी क्यामरा मर्मत सम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काई लिङ्क टेक्नोलोजीविच एक वर्षे सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा परिषद्का अध्यक्ष भट्टराई र स्काई लिङ्कका प्रोपाइटर राजेन्द्र तिवारीले सोमबार एक समारोहका विच हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार लिंङ्कले आगामी एक वर्ष सम्म उक्त सिसी टिभी क्यामराको उचित रेखदेख तथा मर्मत सम्भार गर्ने भएको छ । ‘साना तिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक कृयाकलाप बढ्न सक्ने देखेर सम्झौता गरिएको अध्यक्ष भट्टराईले बताए । मर्मत सम्भार गरेवापत लिङकले यस चालु आर्थिक वर्षमा ६५ हजार रुपैयाँ प्राप्त गर्ने भएको छ । विगत तीन बर्ष देखि सिसि क्यामराको रेखदेख गर्दै आएकोले सम्झौता बमोजिम सिसि क्यामरा मर्मत संहारमा आफुहरु कटिवद्ध भएको प्रोपाइटर तिवारीले जनाए ।
समारोहमा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, निवर्तमान अध्यक्ष चिरञ्जीवि पोखरेल, रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराई, नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष शेषकान्त सर्मा, एगाका अध्यक्ष विश्वराज पौडेल, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारी वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकाल लगायतले सिसी क्यामराको महत्वका बारेमा चर्चा गरेका थिए । उक्त सिसि क्यामरारक ो निगरानी भने नेपाल प्रहरीले वडा प्रहरी कार्यालय बैदाम मार्फत हुदै आएको छ ।