लायन्स क्लव अफ पोखरा सेन्टेनियलद्धारा पत्रकार महासंघलाई मास्क वितरण

डि.एन.बी.

पोखरा १९, पुष

नेपाल पत्रकार महासंघ कस्की शाखालाई लायन्स क्लव अफ पोखरा सेन्टेनियलले मास्क वितरण गरेको छ । क्लवका अध्यक्ष प्रगत कायस्थ, निवर्तमान अध्यक्ष विजेस पालिखे र प्रथम उपाध्यक्ष पुष्पा गुरुङले सर्जिकल १० हजार मास्क नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ एवं सचिव रामप्रसाद तिमिल्सिनालाई एक समारोहका बिच आइतबार पोखरामा हस्तान्तरण गरेका हुन्।

कोरोना शंक्रमण हाल पनि जारी रहेको यो अस्थामा अग्रभाग(प«mन्टलाइन) मा कार्यरत पत्रकारहरुलाई समेत थोरै भए पनि राहत उपलब्ध गराउने उद्धेश्यले उक्त मास्क वितरण गरिएको अध्यक्ष कायस्थले जनाए । चाइनाको विभिन्न क्लवहरुसंगको सहकार्यमा आफुहरुले चाइनबाट २ लाख २५ हजार वटा सर्जिकल मास्क ल्याएको उनले जनाए । काठमाण्डौंमा २५ हजार वटा मास्क वितरण गरेको क्लवले पोखरा र यस क्षेत्रमा भने सुरक्षा निकायमा वितरण गरेको छ भने अब केही सामुदायिक बिद्यालयमा समेत सहयोग गर्ने भएको छ । क्लवले यस अघि विभिन्न सामाजिक कार्य गर्ने क्रममा चाइनाको विभिन्न क्लवसंगको सहकार्यमा नेपालमा आखाँ शिविर समेत आयोजना गरेको निवर्तमान अध्यक्ष पाखिलेले जनाए ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले क्लवले पत्रकारहरुलाई सम्झेर मास्क सहयोग गरेकोमा धन्यवाद दिदै प्राप्त मास्क महासंघको आउँदो माघ २ गते हुने साधारण सभामा उक्त मास्क वितरण गर्ने जनाए । पत्रकार महासंघलाई यस अघि हेलम्वो नेपाल, पोखरा महानगरपालिका सहितका विभिन्न संघ संस्थाहरुले मास्क सहितको सहयोग गरेका छन्।

Related posts