लेखनाथ,१८ पुस ।
कास्कीको दोश्रो ठुलो ताल बेगनासलाई धार्मिक पर्यटकिय स्थलका रुपमा पनि विकास गराउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्था पोखरा–३१ को शनिबार सम्पन्न दोश्रो वार्षिक साधारणसभाका वक्ताहरुले वेगनासतालको विकासका लागी आन्तरीक, बाह्य र साथमा धार्मिक पर्यटकहरुलाई पनि आर्कषण गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको वताउँदै यसको लागी सामुहिक भावनाको खाँचो रहेको औंल्याएका थिए ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. ईन्द्रप्रसाद तिवारीले धर्म र संस्कृतिको रक्षा गर्दै बेगनासतालको विकासको लागी सरकारी निकायहरु र सामाजीक संघ संस्थाका विच सहकार्य गरेर अगाडी वढ्नुपर्ने वताएका थिए ।
सोही अवसरमा संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा–३० का प्रमुख कार्यकारी अधिकृत डा. विनोद गौचनले जुनसुकै क्षेत्रमा सेवा दिनको लागी त्यस क्षेत्रको सामाजीक परिवेश, रहनसहनलाई मध्यनजर राख्नुपर्नेमा जोड दिंदै अस्पतालबाट प्रदान गरिने सेवालाई प्रभावकारी रुपमा अगाडी वढाउनुपर्नेमा वताएका थिए ।
संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणी अधिकारी, महायज्ञ सञ्चालक समितिका अध्यक्ष डिल्लीरमण तिवारी, दानदाताहरुको तर्फबाट कृष्णप्रसाद ढुंगाना र कृष्णप्रसाद लामिछाने लगायतले वेगनासतालको विकासका लागी गुरुयोजना बनाएर अगाडी बढ्नुपर्ने धारण राखेका थिए ।
कार्यक्रममा अध्यक्ष ध्रुवनाथ अधिकारीले बार्षिक प्रतिवेदन,कोषाध्यक्ष गंगाराम सुवेदीले आर्थीक प्रतिवेदन र सचिव शान्ति खनालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव शान्ति खनालले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यसमिति सदस्य सनकराज लामिछानेले गरेका थिए ।