ताजा खबर

राखेप सदस्य गुरुङलाई मातृ शोक

डि.एन.बी.
पोखरा १७, पुष

राष्ट्रिय खेलकुद परिषदका सदस्य, मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेश संयोजक, पूर्व वक्सिङ खेलाडी राजेशकुमार गुरुङलाई मातृ शोक परेको छ । पोखरा १० रामबजार निवासि जोगमाया गुरुङ करिब ७५ बर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा शुक्रबार निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

उनको अन्तिम दाहसंस्कार गुरुङ समुदायको संस्कार अनुसार शनिबार पोखराको रामघाट स्थित बौद्ध अघौं सदनमा हुने भएको छ । राखेप सदस्य गुरुङले आफ्नो फेसवुक स्टाटस लेख्दै आमालाई गुमाउनुको पिडा व्यक्त गरेका छन्। उनले भनेका छन “हार्दीक श्रद्धाञ्जली”हिजो म धनी थिए सम्पत्ति भएर होईन “आमा” भएर आज म गरीब छु सम्पत्ति नभएर हैन आमा नभएर १”हार्दीक श्रद्धाञ्जली” आमा माता मनकामना माईको कृपा दृष्टीले हजुरको आत्माले शान्ती पाओस र स्वर्गमा वास होस । उनलाई धेरै क्षेत्रका व्यक्तिहरुले सामाजिक संजाल मार्फत समवेदना र स्व.आमा प्रति श्रद्धान्जिली व्यक्त गरेका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *