डि.एन.बी.
पोखरा १७, पुष
कोरोना भाइरस (कोभिड—१९) को बाबजुत पनि पोखरामा बुधबार देखि सुरु
भएको २२ औं संस्करणको पोखरा सडक महोत्सवको दोश्रो दिन विहिबार एकै
दिनमा करिब ३० हजार दर्शक सहभागि भएका छन्। कोरोनाले गर्दा यस बर्ष पप
कन्सर्ट सहितका धेरै मानिसहरु भिडभाड हुने प्रकारका कार्यक्रमहरु स्थगित गर्दा पनि
विहिबार करिब ३० हजार दर्शक सहभागि भएको महोत्सव संयोजक बसन्त गौतमले
बताए
विहिबार मध्यराति १२ः०० बजे पछि नयाँ अगेंजी बर्ष सन् २०२१ सुरु हुने
भएकोले सडक महोत्सको ३ किलोमिटर सडक क्षेत्रमा राखिको स्टेज सो कार्यक्रम
समेत एक घण्टा अघि देखि नै स्थगित गरिएको उनले जनाए । कोरोनाको कारण
धेरै भिडभाड गराउन नचाहे पनि दर्शकहरु विहिबार साँझ देखि बेलुका राति
अवसरसम्म जाने आउने क्रम जारी रहेको संयोजक गौतमले बताए । महोत्सवको
तेश्रो तथा अन्तिम दीन आज (शुक्रबार) करिब ३ किलोमिटर सडक क्षेत्रमा सडकमा
कुनै बाधा अबरोध नगर्ने र सडकमा हुने स्टेज सो कार्यक्रमहरु समेत स्थगित
गरिएको संयोजक गौतमले बताए । कोरोनाको समयमा आफुहरुले एउटा सन्देस
दिन खोजेकोले धेरै पर्यटक एवं दर्शक सभागि भएर यस बर्षको महोत्सव पनि
आफुहरुले सोचे भन्दा धेरै राम्रो भएको उनले जनाए ।
अघिल्ला बर्षको जस्तो तडगभड्ग रहित, धेरै मानिसहरु भिडभाड हुने प्रकृतिका
पप कन्सर्ट, विभिन्न खेल, लोक तथा दोहारी गित प्रतियोयिगता लगायतका
कार्यक्रम यस बर्ष स्थगित भए भने यस बर्ष बिचद भलिवल, टेनिस र डुंगा
प्रतियोगिता सम्पन्न भएको छ । ५ दिने उक्त महोत्सव तीन दिन मात्र संचालन भए
पनि यस महोत्सवले धेरै पर्यटन व्यवसायीलाई आशा जगाएको संयोजक गौतमले
बताए । कोरोनाबाट बच्न र बचाउन तथा रोकथामको लागि आवश्यक स्वास्थ्य
मापदण्ड पालना गर्दै सामान्य ढंगबाट यस बर्षको सडक महोत्सव सम्पन्न गर्न
सहयोग गर्नु हुने प्रति संयोजक गौतमले धन्यवाद दिदै उक्त महोत्सवले केही
होटल तथा रेष्टुरेण्टहरुलाई पुःन सुचारु गराउन मद्धत पुगेको दाबी गरे ।
पोखरा सडक महोत्सव गर्ने आधिकारीक मान्यता प्रशासनले नदिएको अबस्थामा पनि
आफुहरुले महोत्सवमा हुने सक्ने उत्श्रृखल घटना तथा दुर्घटनालाई मध्ययनजर गरी
शान्ति सुरक्षा दिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए ।
यस बर्षको सडक महोत्सवमा खासै ठुलो घटना तथा दुर्घटना समेन नभएको र
विहिबार भने ट्राफिक व्यबस्थापन गर्न हम्मेहम्मे भएको उनले जनाए ।