ताजा खबर

चेम्बरको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरे

पोखरा, १६ पुस

पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमा चेम्बरको उत्तरीक्षेत्र इकाईले बगरमा खुल्ला रक्तदान कार्यक्रम गरेका छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार भएको घुम्ती रक्तदानमा २९ जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए । रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ भएको कार्यक्रमको पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे । उनले पोखरामा भएको रगत अभावलाई कम गर्न चेम्बरले सप्ताहव्यापी कार्यक्रम गरेको बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले वार्षिकोत्सवका अवसरमा ७ वटा इकाईले ६ ठाउँमा रक्तदान कार्यक्रम गरेको जानकारी दिए । कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, बस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव उमराज बास्तोला, सचिवालय सदस्य रवीबहादुर विक, चेम्बर अफ कमर्स उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला, उपाध्यक्ष सविन जिसी, सल्लाहकार दामोदर रिमाल, पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य रुद्र लुइटेल, सामुदायिक सेवा केन्द्र बगरका सचिव कल्पना बास्तोला लगायतले बोलेका थिए । त्यस्तै पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको लेखनाथ इकाई १७ गते बुढीबजारमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष किसान सुनारले जानकारी दिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *