ताजा खबर

जलवायु परिवर्तनको क्षेत्रमा प्रभावकारी लगानी आवश्यक

डि.एन.बी.
पोखरा १५, पुष

जलवायु परिवर्तनको क्षेत्रमा प्रभावकारी लगानी आवश्यक भएको बुधबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन्। ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल तथा सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले बुधबार पोखरामा आयोजना गरेको बैंक तथा नीजि क्षेत्रलाई सि.एस.आर. शीर्षकको बजेट जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने उद्धेश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले जलवायु परिवर्तनले धेरै असर बढ्दै गएमा चिन्क्ता व्यक्त गर्दै प्रभावकारी हुने गरी जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन्।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सुनास का केन्द्रिय उपाध्यक्ष आनन्दराज मुल्मीले दिगो विकासको लागि अब बैंक तथा विक्तिय क्षेत्रले पनि जलवायु परिवर्तको क्षेत्रमा प्रभावकारी ढंगले काम गनुर््पर्ने बताए । उनले भने “ जलवायु परिवर्तले गर्दा हाल विभिन्न प्राकृतिक विपति आइपरेको छ, जस्तै सुख्खा पहिरो, हाम्रा वन्यजन्तुहरु लोप हुने अबस्थामा पुगेका छन्, हिमाली भेगमा कम मात्रमा हिउ पर्न थालेको छ, यसलाई अब हामीले कसरी हाम्रो वातावरण सन्तुलन कायम गर्न सकिन्छ त्यसमा सवै लाग्नु पर्छ । ”

अब बैंक तथा विक्तिय संघ संस्थाहरुले प्रदेशको वातावरण सुहाउदो कर्जा प्रवाह गर्नु पर्ने मुल्मीको भनाई थियो । उनले थपे “अब संसार भरी वातावरण मैत्रि ढंगले हामीले विकास निर्माण र औधोगिक क्षेत्रको विकास र विस्तार गर्नु पर्छ ।” समय सापेक्ष नयाँ धारणा, सोच र दुरगामी प्रभाव पार्ने गरी विक्तिय क्षेत्रमा सुधार हुन आवश्यक भएको मुल्मीको भनाई छ । एनआइसि एसिया बैंक गण्डकी प्रदेशका प्रमुख दीपेन्द्र शर्माले नाफाको ३ प्रतिशत सि.एस.आर.को क्षेत्रमा लगानी गर्नु पर्नेमा केही विक्तिय क्षेत्रको उत्तः क्षेत्रमा खर्च नभएको जनाए । बैंकहरुको शाखा विस्तार भएसंगै दक्षजनशक्ति कम र सुशासनमा समेत हस आएको उनले दाबी गरे ।

एनएमबी बैंक गण्डकी प्रदेशका माधव अधिकारीले एनएमबी बैंकले क्रसर, ढुंगा, गिटी, वालुवा जस्ता प्राकृतिक श्रोतको बढी दोहोन भएकोले यस क्षेत्रमा खासै लगानी नगरेको प्रष्ट पारे । अल्कोअलमा समेत बैंकले नेगेटिभको सूचिमा राखेको र निश्चित मापदण्ड बनायर मात्र कर्जा प्रवाह गरेको उनले जनाए । नेपाल बैंक गण्डकी प्रदेशका प्रमुख विनयकेशरी पौडेलले आर्थिक उत्पादनलाई जोड दिदै अब शुसासन कायम गर्न सवै क्षेत्रबाट लाग्नु पर्ने बताए । सहकारीकर्मीं सुदिप ढकाल, भेषराज बराल लगायतले कर छलि गरेर वोनस बाड्ने केही विक्तिय क्षेत्रमा समस्या भएको दाबी गरे । सुनास कास्कीले जलवायु परिवर्तनको क्षेत्रमा भएको बजेट तथा कार्यक्रमको समेत सुशासनको पक्षमा वकालत गर्दै आएको कार्यक्रम संयोजक विश्वमोहन अधिकारीले बताए ।

सुनास कास्कीका कार्यवाहक अध्यक्ष श्याँमनाथ कुवंरको अध्यक्षतामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको कार्यकारी अधिकृत भानु पराजुलीले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *