ताजा खबर

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु योग्यताका आधारमा जनताको मतद्धारा निर्वाचित गराउनु पर्ने माग

नारायण कुइकेल
पोखरा १४, पुष

स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु योग्यताका आधारमा जनताको मतद्धारा निर्वाचित गराउनु पर्ने माग राखेको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अभियानका संयोजक कृष्ण प्रसाद जैशीले जननिर्वाचित कार्यकारिणी निर्वाचन प्रणालीलाई कार्यान्वयन गरी राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु योग्यताका आधारमा निर्वाचित गराउनु पर्ने माग राखेका हुन्।

केन्द्रिय कमिटिको बैठक पोखरामा यही पुष ५, ६ र ७ गते राष्ट्र राष्ट्रि राष्ट्रियता र जनजिविकाको सवालमा महत्वपूर्ण २७ बुंदे निणर्य गरेको अभियानका संयोजक जैशीले जनाए । हरेक अभियान्ता तथा विपन्न बर्गका नागसिरकहरुको आधारभुत आवश्यकता र जनजिविकाको पक्षमा सहजता प्रदान गर्दै सदस्यहरुबाट सक्दो आर्थिक, कुटनितीक, सांस्कृतिक, भौतिक, लगायतका सवै प्रकारको सहयोग गर्ने, मुलुकको बिद्यमान जनघात, राष्ट्रघात, भ्रष्टचार तथा अराजक राजनीतिक परिस्थितीलाई सुस्म ढंगले मुल्याङकन गर्दै शान्तिपूर्ण आन्दोलन मार्फत सवैखाले वेथितीका बिरुद्ध शसक्त आवाज बुलन्द गर्ने निर्णय गरेको जैशीले जनाए ।

गाँस, वास, कपास,शिक्षा, स्वास्थ्य र रोजगार अनिवार्य गर्न, निर्वाचन प्रणाली महङगो र धादलि भएकोले इलेक्टिकल भोटिङ गर्न, प्रत्येक जिल्लामा नेश्नल ट्रेनिङ इन्स्टिच्यूट गठन गरी प्राविधिक, प्रशिक्षक र व्यवहारिक शिक्षाको प्रवद्र्धन गर्न, नोपलको माटो सुहाउदो उद्योग, धन्दा तथा व्यवसाय प्रबद्र्धन गर्न पनि अभियान गरिने भएको संयोजक जैशीले बताए । अभियानका सल्लाहकार नारायण बिक्रम शाहीले पामपन्थीले गुटबन्दीले गर्दा देशला
ई अस्थितरा तर्फ धकेलिएको आरोप लगाए । आफुहरुले युवा शक्तिहरुलाई कुनै दलिय प्रणाली भन्दा फरक ढंगले सोच्न आग्रह गरिएको सचिव त्रिलोचन दाहालले बताए । उक्त अभियानमा सहभागि हुनेले कुनै पार्टीमा नभएको व्यक्तिलाई मात्र समेट्ने भएको सहसंयोजक जगेन्द्र पालुंगाले जनाए ।

Related posts