
डि.एन.बी.
पोखरा १४, पुष
कोरोना भाइरस (कोभिड—१९) को बाबजुत पनि पोखरामा बुधबार देखि पोखरा सडक महोत्सव हुने भएको छ । यही पुष १७ गतेसम्म आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै २२ औं संस्करणको सडक महोत्सव हुने भएको महोत्सव संयोजक बसन्त गौतमले बताए ।
उक्त महोत्सवको आवश्यक तयारी समेत पूरा भएको उनले जनाए । विगत २१ बर्ष देखि निरन्तर रुपमा संचालन हुदै आएको उक्त महोत्सव यस बर्ष भने कोभिड—१९ ले गर्दा ५ दिने महोत्सव तीन दिन मात्र संचालन हुने भएको हो ।
कोरोनाको कारण हाल ८÷९ महिना देखि पोखरा सहित देशको धेरै पर्यटकीय क्षेत्र हाल अस्त व्यस्त भएको समयमा आर्थिक गतिविधि चलायमान समेत बनाउन उक्त महोत्सव यस बर्ष निरन्तरता दिनको लागि आयोजना गरिएको संयोगक गौतमले बताए । पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सुचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई अंगेजी नयाँ वर्षको गन्तब्य स्थलको रुपमा प्रवद्र्धन गर्न अघिल्ला बर्षको तुलनामा निकै कम भिडभाड सामान्य ढंगले महोत्सव हुने भएको उनले जनाए ।
उनले भने “ यसपालीको महोत्सवमा तडकभड्क हुदैन, पप कन्सर्ट समेत हुदैन, तीन ठाँउमा स्टेज हुन्छ जहाँ सांस्कृतिक कार्यक्रमहरु प्रर्दशन हुन्छ । ” फिस्टेल गेट देखि खहरेसम्म ३ किलोमिटर सडक क्ष्ोत्रमा यसपाली पनि महोत्सव भए पनि यसपाली अलि बढी सचेतना मुलक ढंगले महोत्सव हुने भएको गौतमले जनाए ।
यसैबिच, पोखरा सडक महोत्सव गर्ने बिषयमा कास्की प्रशासनले भने गृह तथा पर्यटन मन्त्रालयमा समन्वय गर्दै उक्त महोत्सव गर्नको लागि हाल कुनै बाधा हड्चन नगर्ने भएको छ । कोरोनाको महामारीमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आफुहरुले निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए । प्रशासनले लिखित रुपमा भने उक्त महोत्सव आयोजना गर्न कुनै पत्र दिएको छैन्।