ताजा खबर

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइरालाको प्यानल घोषणा

पोखरा, १३ पुष

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको पुष २४ र २५ गते हुने ३३ औं महाधिवेशनका लागि नारायण कोइरालाले अध्यक्ष सहित प्यानलको घोषणा गरेका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्यानल घोषणा गर्दै अध्यक्षका प्रत्यासी कोइरालाले आफुहरु घर दैलो कार्यक्रममा समेत निस्केको जनाए ।  कोइराला प्यानलको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति र वाणिज्य अन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोख्ररेल, उद्योग तर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङ मैदानमा उत्रिने भएका छन् ।

यसैगरी महासचिव सुरेन्द्रमान बिजुक्छ, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री प्यानलमा छन् ।सदस्यमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहेका छन् ।
यसैगरी एशोसिएट्स तर्फ हरिहर सापकोटा र हर्कबहादुर अधिकारी चुनावी मैदानमा छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *