ताजा खबर

प्याराग्लाईडि पाइलट एवं प्रशिक्षक बस्याललाई पित्री शोक

डि.एन.बी.
पोखरा ५, पुष

प्याराग्लाईडिङ पाइलट एवं प्रशिक्षक तथा टिम फाइप प्याराग्लाईडिङ कम्पनीका संचालक बालु बस्याल (वालकृष्ण) लाई पित्री शोक परेको छ । मुटु रोगबाट ग्रसित बस्यालका बाबु हेमलाल बस्यालको ७२ बर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

मुटुमा समस्या भए पछि मुटुको शल्यकृया गरे पश्चात शनिबार विहान करिब ४ बजे हेमलालको निधन भएको हो । उनको अन्तिम दाहसंस्कार नारायणी नदीमा शनिबार नै भएको छ । चितवनको भरतपुर महानगरपालिका २७ स्थित मेघौली (तेलौली) मा बस्दै आएका हेमलालको हृदयघाटबाट मृत्यु भएको हुन सक्ने स्थानियले जनाए ।

हेमलालका एक श्रीमती चन्द्रकला बस्याल, साइला छोरा बालु सहित ५ जना र ३ छोरी रहेका छन्।

Related posts