ताजा खबर

प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव गरेको बिरोधमा पोखरामा पनि बिरोध प्रर्दशन

 

डि.एन.बी.

पोखरा ५, पुष

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेको बिरोधमा पोखरामा आज (आइतबार) बिरोध प्रर्दशन भएको छ । प्रधानमन्त्री ओलीले संविधान माथि ‘कू’ गरेको भन्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियुका विद्यार्थीहरुले आज दिउँसो पोखरामा बिरोध प्रर्दशन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाइएको अनेरास्ववियुका नेता क्षितिज सापकोटाले बताए ।

पोखराको पृथ्बीनारायण क्याम्पस गेट अगाडी, पोखराको महेन्द्रपल नयाँबजार लगायतका ठाँउमा आज प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक निर्णय बिरुद्ध बिरोध प्रर्दशन गरिएको उक्त निर्णय तत्काल नसचियसम्म आफुहरुको आन्दोलन शसक्त पारिने भएको उनले जनाए । महेन्द्रपुलमा प्रधानमन्त्री ओलीको बिरुद्ध नारा सहित राको वालेको हँुदा प्रहरी र बिद्यार्थी तथा युवा संघका नेता बिच केही वेर धकेलाधकेल समेत भएको सापकोटाले जनाए । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रलाई नै खतरामा पु¥याएको नेता सापकोटाले जनाए ।

बिरोध सभामा वोल्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य पुर्ण लामाले नेपाल कम्यूनिष्ट पार्टी भित्र हाल गम्भिर समस्या देखिएको बताउदै उनले यो एउटा प्रबृत्ति, लोकतन्त्र माथिको चुनौती र कम्यूनिष्ट आन्दोलन माथिकै खतरा भएको दाबी गरे । संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आफुहरु निरन्तर रुपमा सडकबाट आन्दोलन गर्ने लामाले चेतावनी दिएका छन्। उनले भने “ प्रधानमन्त्री ओलीको संसद विघटनको प्रस्ताव बिरुद्ध अब देश व्यापी रुपमा आन्दोलन गर्नुपर्छ, गैर लोकतान्त्रिक चरित्रहरुलाई पराजित नहुदासम्म सडकमा आइरहने छौं, ओलीको व्यक्तिवादी चिन्तन र प्रबृत्ति बिरुद्ध सवै आन्दोलनमा होमिन आव्हान गर्न चहान्छु । ”

राष्ट्रिय युवा संघ र विद्यार्थीहरूको संयुक्त मोर्चाले अब प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदम बिरुद्ध आन्दोलनमा होमिने भएको लामाले बताए । प्रधानमन्त्री ओलीले चालेको कदम बिरुद्ध पोखरामा पनि आन्दोलन हुने भएसंगै पोखराका मुख्यचोकमा सुरक्षाकर्मीं बाक्लो रुपमा उपस्थिती भएको थियो ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *