ताजा खबर

तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित

पुष ४,पोखरा

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याँग्जालाई ११ रनले पराजित गरेको छ । टस जितेको स्याँग्जाले क्षेत्ररक्षण रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे ।

स्याँग्जाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल र सुजन गौतमले एक एक विकेट लिए । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याँँग्जाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । स्याँग्जाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे । तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ्ग र चन्द्रकान्त पौडेलले दुई दुई विकेट लिए । विनय भण्डारीले एक विकेट लिए ।

ब्याटिङ्गतर्फ १७ रन तथा बलिङ्गतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्नेछन् ।

 

Related posts