ताजा खबर

ट्याक्सी चालक नै कालिज पालन व्यवसायमा

डि.एन.बी.
पोखरा ४, पुष

पोखराका एक ट्याक्सी चालक हाल कालिज पालन व्यवसायमा लागेका छन्। पोखराका
धुर्व बहादुर थापा ट्याक्सि चालकको रुपमा सानै उमेर देखि करिब दुई दशक
ट्याक्सि चालक भई विदेशमा समेत रोजगारीको लागि पुगेका उनी हाल पोखरामै
कालिज पालन व्यवसायमा आवद्ध भएका हुन्।

उनको साथमा हाल ७ जना व्यवसायीहरु कालिज पालन व्यावसायमा संलग्न भएका हुन्।
। थापा इराकमा ४ बर्ष, साउदी ७ बर्ष सहित ११ बर्ष बिदेश गएर काम गरे
पश्चात स्वदेश फर्कियर सामुहिक रुपमा कालिज पालन व्यवसायमा आबद्ध भएका हुन्।
तुलसी कुन्ज इको एण्ड वाइल्ड भिलेज प्रा.लि.मा आबद्ध थापा सहितका ७ जनाको एक
समुहले पोखरा १८ को फेवाताल नजिक पखौपी स्थित रातमाटेमा विगत दुई
बर्ष देखि कालिज पालन व्यवसाय सुरु गरेका उनीहरुले टोलीले लकडाउनकै समयमा
भकुण्डेमा थप २५ रोपनी क्षेत्रफलमा पुनः अर्को कालिज पालन व्यवसाय सुरु गरेका
हुन्। साथै उनीहरुले कर्णकनाथ जातको कुखुरा समेत पालन संचालन गरेकाछन भने
आफ्नो कालिज फार्ममा पुगेका आगन्तुक पाहुनालाई आफ्नै रिसोर्टमा
पाहुनाचाको चहाना अनुसारको कालिजको परिकार समेत पस्किने उद्धेश्यले
रिसोर्टमा समेत लगानी गरेको थापा समुहले जनाएको छ ।

हाल वेल्जियममा रहेका ३, एक निजामति कर्मचारी सहित ७ जनाको लगानीमा करिब ६
करोड लगानी भएको प्रा.लि.ले जनाएको छ । पूर्ण प्रसाद तिमिल्सिले
बेन्जियममा कालिज व्यवसाय गरेकोले त्यसको सम्भावना नेपालमा पनि हुने भएको
देखेर पोखराको बहुमारामा समेत उनकै पहलमा भित्रिएको हुँदा आफुहरुले
पोखराको खपौदी र भकुण्डे क्षेत्रमा उक्त कालिज पालन व्यवसाय सुरु गरेको
प्रा.लि.का संचालक मध्यका एक थापाले बताए ।

फ्रान्सबाट सुरुमा करिब ८ हजार थान अण्डा ल्याएका उनीहरुबाट नेपालमा ह्याचरी
गर्दा करिब कालिजको बिउको रुपमा २ हजार ५ सय जसो मात्र चल्ला उत्पादन भएको
संचालक थापाले जनाए । करिब ६० लाखको मात्र चल्ला बिक्रि गरिएको संचालक
थापाले बताए । कालिजको भाले सहितको मासुको लागि प्रति चल्ला एक हजारमा
बिक्रि गरेको उनले जनाए । रिंङनेट जातको कालो, खैरो, छिर्केमिर्के
लगायतका कालिज आफ्नो फार्ममा उपलब्ध भएको थापाले बताए । हाल आफु
सहित राजु प्रसाद तिमिल्सिना र पवन कुमार जिसी पोखरामा उक्त प्रालिको
रेखदेख गर्दै आएको जनाएका संचालक मध्यका एक थापाले जग्गा धनि समेत रहेका
प्रालिका संचालक पुर्ण प्रसाद तिमिल्सिना, प्रलाद थापा र शिव थापा हाल
बेल्जियममा रहेको जनाए । निजामति कर्मचारी नापी कार्यालयमा कार्यरत डोल
बहादुर थापा मगर समेतको उक्त प्र.लि.मा लगानी भएको हो ।

आगामी बर्षमा १० हजार कालिज पालन गर्ने लक्ष्य राखेको उनले जनाए ।
कालिजको बजार खोज्नै नपर्ने आफ्नै गेटबाटै बिक्रि हुने गरेको थापाले
बताए । प्रति भाले करिब एक हजार २ सय ग्राम देखि डेढ केजीसम्म हुने उक्त
भालेको मुल्य भने ३ हजार ५ सयमा बिक्रि गर्दै आएको संचालक थापाले बताए ।
एक बर्षमा राम्रो पोथीले ४० देखि ४५ वटासम्म अण्डा उत्पादन गर्ने भएको उनले
बताए ।

रातमाटेमा ५ सय चल्ला, भकुण्डेमा ४ हजार ५ सय चल्ला रहेको बताएका थापाले
दुई ठाँउमा कालिज पालन सहितको रिसोर्ट समेत हाल निर्माण गरेकोले
हालसम्म करिब ६ करोडको लगानी भएको दाबी गरे । फाण्ड हिल रिसोर्ट
ढिलोमा एक महिना भित्र संचालनमा ल्याउने संचालक थापाले जनाए । दुई वटा
भिल्ला सहितको ७ रुम रहेको उक्त रिसोर्टबाट फेवाताल, विश्वशान्ति स्तुपाः
पुम्दीकोटको बिशाल महादेवको मुर्ति सहितका दृश्यहरु अवलोकन गर्न सकिने
भएको उनले जनाए ।

कालिजलाई स्थानिय गहुँ, कोदो मकै मिक्स गरी दिने, ठाँउ ठाँउमा पानी राखि
दिने, रातिको समयमा बत्ती पाल्ने जसले गर्दा किरा फट्याङग्रा आउने जसले
गर्दा कालिजको आहारा हुने गरेको थापाले बताए । करिब १२ लाखको नेट
राखिएको बताएका थापाले उक्त नेट गुणस्तरको आधारमा प्रति केजी एक हजार
देखि एक हजार ४ सयसम्म पर्ने संचालक थापाले नाए । रातोमाटेमा ७ रोपनीमा
कालित पालन भएको छ भने २५ रोपनी मध्य बाँकी क्षेत्रफलमा रिसोर्ट निर्माण
भएको हो । कालिज पालन व्यवसाय आर्थिक रुपमा धेरै राम्रो भएको उनले दाबी
गरे । पोखरा घुमघाममा आएका पाहुनाहरुको लागि कालिजको मासु पारखिहरुको
लागि भनेर आफुहरुले उक्त रेष्टुरेण्ट सहितको रिसोर्ट संचालन गर्न लागिएको
संचालक थापाले बताए । आगामी सिजनमा सुइमिङपुल सहितको थप सेवा विस्तार
गर्दै गरेको उनले जनाए ।

दुई देखि साँढे दुई केजी तौलमा जिउँदो उक्त जातको कुखुराको मासु
बिक्रि हुने गरेको उनले बताए । २ हजार ५ सय देखि ३ हजारमा उक्त कुखुरा
बिक्रि गर्ने गरेको बताएका उनले चल्ला भने प्रति गोटा २ सयमा बिक्रि गर्ने
गरेको जनाए । उनको फार्ममा हाल १ हजार २ सय कर्णकनाथ जातको कुखुरा
रहेका छन। उनको प्रा.लि.ले ाल ६ जनालाई रोजगार दिएको छ ।
स्वदेशमा केही गर्न सके केही बर्ष पछि मात्र यसबाट प्रति लाभ लिन सकिने उनाले जनाए ।
केही महिना अघि रातमाटेमा  िचतुवा आक्रमण गर्दा आफुहरुलाई करिब ३५ लाख
मुल्य बराबरकोे कालिज व्यवसायमा क्षेती भएको थापाले गुनासो गरे ।
मलसाप्रो, चितुवा लगायतको चुनौती कालिज पालन गर्दा हुने उनको भनाई छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *