डि.एन.बी.
पोखरा ३, पुष
पोखराको पर्यटकीय गन्तव्य डेभिजफस (पातलेछाँगो) हाल सार्वजनिक निजी
साझेदारी (पिपिपि) मोडलमा लैजाने तयारी गर्दै गर्दा बिरोध हुन सुरु भएको
छ । पोखरा १७ मा रहेको छोरेपाटन माविले विगत ४ दशक देखि भोगचलन गर्दै
आएको उक्त पर्यटनकीय गन्तव्य डेभिजफस अब देखि पोखरा महानगरले पिपिपि
मोडलमा दिन लागेसंगै स्थानियले बिरोध गर्न थालेका हुन्। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको ४ हजार २ सय १६ बर्गकिलोमिटर जग्गा २०३५ साल देखि तत्कालीन अञ्चलाधिशको कार्यालयबाटै
भोगचलन गर्दै आएको हँुदा अहिले आएर पिपिपि मोडलमा लैजादा छोरेपाटन
बिद्यालयलाई ठुलो क्षति हुने भन्दै उक्त निर्णय गर्न नहुने बिद्यालय व्यबस्थापन
समितिका पूर्व सदस्य देवराज आचार्यले बताएका हुन्। उनले भने “ विगत लामो समय देखि बिद्यालयले
भोगचलन गर्दै आवश्यक भौतिक संरचना समेत निर्माण गर्दै आएको अबस्थामा
बिद्यालयको आयश्रोतलाई नै असर पार्ने गरी आफुहरुसंग छलफल विना एक्कासि
डेभिडफल सहितको जग्गा पिपिपि मोडलमा कुनै पनि हालतमा दिन हुदैन्। ”
पिपिपि मोडलमा डेभिडफल र उक्त क्षेत्रमा ग्लास ब्रिज बनाउने योजना भए पनि
बिद्यालयले हाल भोगचलन गर्दै आएको उक्त जग्गाबाट हुने आयआर्जनको आर्थिक
श्रोतलाई क्षेति पुृग्ने साथै भोगाधिकार मेटिने गरी समझदारी पत्रमा सहमती
जनाउन आफुहरु कदापी नदिने आचार्यले दाबी गरे । करिब ७२ जना
शिक्षक÷कर्मचारीलाई बिद्यालयले हाल निजी श्रोतबाट जोहो गर्दै आएको उल्लेख
गर्दै उनले छोरोपाटनमा गरिब तथा छात्रबृत्तिका समेत बिद्यार्थीहरु भएकोले उक्त
आम्दानी घट्न गएमा बिद्यार्थीहरुको भविश्य नै अन्यौलमा हुने जिकिर गरे ।
लिलाभक्त आचार्य, पुण्यप्रसाद बराल, खडग बहादुर शाही, कोपिला तिवारी, युवक
लामिछाने लगायतका व्यक्तिहरुले उक्त निणर्य कान्वयन गर्न नहुने भन्दै बिरोध
जनाएका छन्। छोरेपाटन माबिबाट संकलन भएको केही रकम पोखरा १७ का
सामुदायिक बिद्यालय पार्दी मावि, जानकी मावि, गुप्तेश्वर क्याम्पस, गुरुकुल
पाठशालामा समेत लगानी गर्नु पर्ने उनीहरुको माग छ ।
यसैबिच, पोखरा महानगरका मेयर मानबहादुर जिसीले उक्त निर्णय हाल छलफलकै
क्रममा रहेको बताए । बिद्यालयलाई आत्मनिर्भर हुने गरी आफुहरुले पिपिपि
मोडलमा डेभिजफलमा गौरवको योजना ग्लास ब्रिज समेत बनाउन लागेको उनले
जनाए । पोखरा १७ वडा कार्यालय, छोरेपाटन बिद्यालय व्यबस्थापन समितिसंगको पटक पटक
छलफल गरी सार्वजनिक सूचना समेत जारी गरी पिपिपि मोडलमा लैजान खोजेको
कुरा जानकारी गराउदै आएको मेयर जिसीले प्रष्ट पारे । बिद्यालय व्यबस्थापन
समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले पोखराको मात्र नभई देशको एउटा
गौरवको योजना ग्लास ब्रिज बन्ने बिषयमा आफुहरु सकरात्मक भएको बताउदै
बिद्यालयको आयश्रोत डेभिसफल नै भएकोले त्यसबाट असर नपर्ने गरी कुनै संरचना
र डेभिडफल पिपिपि मोडलमा दिदा खासै असर नपर्ने बताए । उनले भने“हामीसंग
हाल एक सय २ जना शिक्षक तथा कर्मचारी रहेका छन, जस मध्य २८ जना मात्र सरकारी
दरवन्दी छ, बाँकी ७४ जनालाई हामीले निजी श्रोतबाटै व्याबस्थापन गर्नु पर्छ । ”
डेभिडफलको टिकट काउण्टरबाट बार्षिक करिब एक करोड रुपैया संकलन भएसंगै
उक्त रकमबाट मासिक रुपमा आफुहरुले १७ लाख शिक्षक÷ कर्मचारीलाई तलव दिन खर्च
हुने गरेको अध्यक्ष रेग्मीले जनाए । बिद्यालयले निर्माण गरेको २८ वटा सटर
बिद्यालयले भोगचलन गर्न पाउनु पर्ने डेभिडफल र उक्त क्षेत्रको जग्गा पिपिपि
मोडलमा दिएसंगै टिकट काउण्टरबाट संकलन भएको रकम मध्य ३३ प्रतिशत
बिद्यालयलाई दिनु पर्ने लगायतको माग राख्दै आएको उनले जनाए । कोभिड—१९
ले गर्दा हाल करिब ८ महिना देखि डेभिडफल टिकट काउण्टर समेत बन्दा हुदा
ठुलो आर्थिक भाग बिद्यालयले खेप्नु परेको रेग्मीले जनाए । बिद्यालयमा हाल २
हजार ५ सय बिद्यार्थीहरु रहेको उनले जनाए ।
सेति क्यानोनिङ प्रा.लि.लाई पोखरा १७ डेभिडफल क्षेत्रमा ग्लास ब्रिज सहितको
अन्य संरचना बनाउने ठेक्का परे पनि अब डिपिआर सहितको अन्य सम्झौताको काम
भने बाकी रहेको पोखरा महानगरका बरिष्ठ इ.महेन्द्र गोदारले बताए । ४ वटा
कम्पनी मध्य उत्तः कम्पनी छनौट भएको उनले जनाए ।