ताजा खबर

नेलम्बो नेपालद्धारा कोभिड १९ को संक्रमण फैलिएको स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग

पोखरा २४, मंसिर

आज एक कार्यक्रमका बीच नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको हो ।कोभिड १९ महामारी फैलि रहेको बेला नेलम्बो नेपालले थुप्रै स्थानमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरी एक उदाहरणीय कार्य गरेको छ ।

पोखरा महानगर पालिकामा पनि दिन प्रतिदिन कोरोना संक्रमण दर वृद्धि हुँदै गएको र पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा केही समय अगाडी कोरोना महामारीले सताएको र वडा कार्यालय नै सिल गर्नु पर्ने भएको थियो । हाल वडा कार्यालय पूर्ण रुपमा संचालनमा रहेको र कोभिड १९ को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर राखी नेलम्बो नेपालले पोखरा महानगरपालिका वडानं.२५ वडाकार्यालय, स्वास्थ्य चौकी, तथा त्यस माताहातका संस्थाहरुलाई प्रयोग गर्न मिल्लने गरि डिस्पोजिवल माक्स १००० पिस, के.एन ९५ माक्स २०० थान, सेनिटाइजर २६.५ लिटर, फेस सिल्ड ५० थान, हात धुने साबुन १०० थान, थर्मल गन ५ थान नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वडा अध्यक्ष शोभाकर तिम्सीना लाई हस्तान्तरण गर्नु भयो ।

उक्त कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले पोखरा महानगर पालिका वडा नं. २५ मा कोभिड १९ को संक्रमण तिब्ररुपमा फैलिएको र त्यसबाट सुरक्षित भई दैनिक सेवा प्रदान गर्नको लागि सहज होस् भन्ने हेतुले आफुले यस वडा कार्यालयलाई स्वास्थ्य सुरक्षाका केही साग्री हस्तान्तरण गरेको कुरा व्यक्त गर्नु भयो । उहाँले कोभिड १९ महामारीमा सवैजनाले सामाजिक दुरी कायम गर्नु पर्ने, माक्स अनिवार्य लगाउनु पर्ने हात गोडा सेनिटाइजेसन हुनु पर्ने र स्वास्थ्य सावधानी अपनाएको खण्डमा यस महामारीमा केही हद सम्म जोगिन सक्ने बताउनु भयो । उक्त कार्यक्रममा नेलम्बो नेपाललाई धन्यवाद दिदै वडा अध्यक्ष शोभाकर तिम्सिनाले नेलम्बो नेपाललाई आग्रह गरेको दोस्रो दिनमै यति ठूलो सहयोगको हात फैलाएकोमा आभार व्यक्त गर्नु भयो । उपल्ब्ध स्वास्थ्य सुरक्षाका सामग्रीहरु आफुले आवश्यकता अनुसार वडा कार्यालयको मातहातमा रहेका संथालाई पारदर्शी रुपामा प्रदान गर्ने कुरा व्यक्त गर्नु भयो ।

त्यसैगरी नेलम्बो नेपालले आजै पोखरा महानगरपालिका वडा नंं. २४ मा रहेका २५ जना महिला स्वयम् सेविकाहरुलाई पहिचान रदैनिक कार्यका लागि सहज हुने स्वास्थ्य स्वयम् सेविका ज्याकेट र एक थान हेण्ड फ्रि सेनिटाइजर स्ट्यान नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वडा सचिव कुस्मराज सुवेदीलाई हस्तान्तरणगर्नु भएको हो ।

उक्त कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. २५ लाई रु ४४,१७४ रुपैया वरावरको स्वास्थ्य सामग्री र पोखरा महानगर पालिका वडा न्ां २४ लाई रु २१,७५० रुपैया बराबरका सामग्रीहरु गरि जम्मा रु ६५९२५ रुपैया वरावरको स्वास्थ्य सामग्रहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनु भयो ।

Related posts