ताजा खबर

नवौं राष्ट्रिय खेलकुदको मिति राखेपको अर्को बैंठकले तय गर्ने

डि.एन.बी.
पोखरा २४, मंसिर

गण्डकी प्रदेशमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषदको आगामी बस्ने वोर्ड बैठकले तय गर्ने भएको छ । राष्ट्रिय राखेपको आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा वोल्दै युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (बिश्वाकर्मा) ले गण्डकी प्रदेशको राजधानि पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गर्ने भएको बताएका हुन्।

उनले भने “खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन, कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेल क्षेत्रको विकास–विस्तार तथा समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अबिभारा हो । ” १३ औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको बताउदै मन्त्री विश्वकर्माले कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने दाबी गरे ।

अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघ बीच छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए । ओलम्पिकमा समावेश हुने खेल लगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको जनाउदै उनले कोभिडको केन्द्र खेलकुद हुन नहुने उनले बताए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष सांसद जिवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने बताए । राखेप सदस्य राजेश कुमार गुरुङले गण्डकी प्रदेशको राजधानि पोखरामा नवौं राष्ट्रिय खेलकुद गर्न तयारी अबस्थामा रहेको दाबी गरे । पौडी, सुटिङ लगायतका केही खेलको प्राविधिक रुपमा तत्काल कठिनाई भए पनि त्यसको विकल्प सहित पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्थानिय विभिन्न संघ संस्था, एवं खेल संघहरु तयारी अबस्थामा रहेको उनले जनाए ।

Related posts