ताजा खबर

लैङ्गिक हिंसा अन्त्यको लागि व्यक्ति हुदै समाजले प्रतिवद्धक्ता व्यक्त गर्नु पर्ने वक्ताहरुको जोड

डि.एन.बी.
पोखरा २३, मंसिर

लैङ्गिक हिंसा अन्त्यको लागि व्यक्ति, समाज हुदै सवैले प्रतिवद्धक्ता व्यक्त गर्नु पर्ने पोखरा २२ मा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। पोखराको पृथ्बीनारायण क्याम्पस अन्र्तगत बिए.एलएलबी सातौं सेमेष्टोरमा अध्ययनरत बिद्यार्थीहरुले महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आयोजित छलफल कार्यक्रममा सहभागिहरुले लैङ्गिक हिंसा अन्त्यको लागि व्यक्ति, समाज हुदै सवैले प्रतिवद्धक्ता व्यक्त गर्नु पर्नेमा जोड दिएका हुन्।

लैङ्गिक हिंसा परम्परागत देखि, कमजोरी माथि, महिलाले महिला माथि, महिलामा बढी, यसमा गरिबी लगायतका कारणले गर्दा लैङ्गिक हिंसा हुने हुँदा त्यसको अन्त्यको लागि सवैको प्रतिवद्धक्ता आवश्यक भएको वक्ताहरुले खाँचो हौलाएका हुन्। पृथ्बीनारायण क्याम्पसका उपप्रध्यापक भिमनाथ बरालले कार्यक्रममा वोल्दै नेपालमा धेरै कारणले गर्दा अझै पनि महिला हिंसा हुने गरेको उल्लेख गरे । महिलालाई अब शसक्त्तिकरण समेत गर्नु पर्ने उपप्रध्यापक बरालले जनाए । महिला माथि हुने हिंसा बिरुद्ध अब पुरुषहरुले समेत आवाज उठाउनु पर्ने, महिला मैत्रि व्यवहार गर्नु पर्ने उनले बिचार व्यक्त गरे । नेपाल सरकारका पूर्व प्रशासक (पूर्व प्रमुख जिल्ला अधिकारी) नरहरी बरालले हिंसा महिला तथा पुरुष कसैलाई पनि गर्न नहुने बताउदै कानुन जानेको छैन भनेर कसैले क्षमा नपाउने जनाए ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले लैङ्गिक हिंसा न्यूनिकरणको लागि कार्यालयले रकम समेत विनियोजन गरेकोले सचेतना कार्यक्रम अझ व्यपक रुपमा गर्नु पर्ने बताए । वडा सदस्य सिता विकले महिलाहरु गर्भबाटै हिंसामा पर्ने गरेको आरोप लगाइन्। कार्यक्रममा शिक्षकहरु मधु बराल, कमल प्रसाद बराल र बालकृष्ण बराल, पिएनका बिद्यार्थी, दीपा अधिकारी र संदिप अधिकारीले लैङ्गिक हिंसा अन्त्यको लागि सवै क्षेत्रबाट एकिवद्धत्ता सहित व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *