विभिन्न दाताको सहयोगबाटै पोखरा २० मा क्वारेनटाइन स्थापना

डि.एन.बी.
पोखरा २२, मंसिर

पोखरा महानगरपालिका वडा नम्बर २० मा क्वारेनटाइन स्थापना गरिएको छ । विभिन्न दाताको सहयोगले पोखरा २० स्थित भलाम र्यालेचौरमा क्वारेनटाइन स्थापना गरिएको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।

पोखरा महानगरपालिका कार्यालयले संस्थागत क्वारेनटाइन बिस्तारै हटाउने भएसंगै आफुहरुले आफ्नो वडावासी तथा गाँउका जनताको सुरक्षाको लागि २४ बेडको क्वारेनटाइन स्थापना गरेको उनले जनाए । आफ्नो वडाको अधिकांश क्षेत्र ग्रामिण भेगमा परेकोले व्यबस्थित क्वारेनटाइनको प्रबन्ध घर घरमा नहुने भएको हुँदा कोरोना शंक्रमणको जोखिम न्यूनिकरणको लागि क्वारेनटाइन बनाउनु परेको अध्यक्ष गुरुङले बताए ।

पिसिआर परिक्षण गरेर त्यसको नतिजा आउँदासम्म घर घरमा व्यबस्थित ढंगले बस्ने प्रबन्ध नभएकोले गर्दा आफुहरुले बाध्य भएर क्वारेनटाइन बनाउनु परेको उनले जनाए । स्थानिय, स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा १२ लाख ४० हजारको लागतमा क्वारेनटाइन निर्माण गरिएको अध्यक्ष गुरुङले बताए ।

विपन्न बर्गलाई निशुल्क र सम्पन्न तथा मध्यम परिवारका सदस्यको लागि न्यूनतम शुल्कमा क्वारेनटाइनमा व्यबस्था गरिने भएको अध्यक्ष गुरुङले बताए । हालसम्म भएको कारोनाको उपचार रोकथाम र यसको व्याबस्थापनमा भएको आय व्यय सार्बजनिक गरेसंगै दोश्रो चरणमा क्वारेनटाइन संचालन गर्ने तयारी गरिएको उनले जनाए ।

साविक मौजाका बैदेशी रोजगारमा वेलायतमा पुगेका मौजा वियजपुर समाज यूकेका अध्यक्ष एवं एन.आर.एन. यूकेका प्रवक्ता रामकुमार गुरुङ र विरकाजी गुरुङको नेतृत्वमा तीन लाख सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जनाए । अमेरीकामा बस्दै आएका सम गुरुङले ५० हजार उक्त क्वारेनटाइन स्थापनाको लागि आर्थिक सहयोग गरेको उनले जनाए । त्यस्तै आटिघर मौजामा रहेको शिवालय महिला सहकारी संस्थाकी अध्यक्ष विजया लक्ष्मी गुरुङले संस्थाको तर्फबाट शनिबार अध्यक्ष गुरुङलाई ५ हजार १० रुपैया सहयोग हस्तान्तरण गरिन्।

Related posts