डि.एन.बी.
पोखरा २०, मंसिर
पोखरा महानगरपालिका २० स्थित आटिघर मौजामा हाइ अल्टिच्यूट खेल मैदान निर्माण अन्र्तगत प्रारम्भिक चरणमा जमिन सम्माउने काम आउँदो चैत मसान्तर भित्र हुने भएको छ । पोखराको मुख्य बजार देखि नजिक रहेको महानगरको करिब १ हजार ७ सय मिटरको उचाईमा रहेको आटिघर मौजामा उक्त परियोजनाले अन्र्तगत प्रारम्भिक चरणमा चैत मसान्तर भित्र जमिन सम्माउने काम सम्पन्न गर्ने भएको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।
पोखरा महानगरले यस बर्ष उक्त परियोजनाको लागि १६ करोडको पिडिआर तयार पारेको उनले जनाए । उक्त परियोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान, बास्केटवल कोर्ट, भलिवल कोर्ट, खेलाडीहरुको चेन्जिङ रुम, सौचालय तथा वाथरुम, क्यान्टिन लगायतका भौतिक संरचना निर्माण हुने भएको अध्यक्ष गुरुङले बताए । सार्वजनिक जग्गा ५६ रोपनी क्षेत्रफलमा उक्त परियोजना हुने भएको हो । उनले भने “ यो पोखरा महानगरको गौरवको योजना हो, यसलाई ५ बर्ष भित्र पुरा गर्न स्थानिय, प्रदेश र संघिय सरकारबाट प्राप्त मात्रमा सहयोग हुने हामीले आशा गरेका छौं । ” यही चैत समान्तर भित्र खैल मैदानको लेवल सम्माउने काम सकेर मैत्रिपूर्ण खेल वैशाख एक गते उक्त मैदानमा खेल्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताए । उक्त क्षेत्रबाट माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला, हरियो वन जंगल, पोखराको बजार, काहँुडाँडा, सराङकोट, पुम्दीकोट, शान्ति स्तुपा लगायतका दृश्य अवलोकन गर्न सकिन्छ ।
उक्त क्षेत्रमा हाइ अल्टिच्यूट खेल मैदान निर्माण हुने भए पछि स्थानिय बासिहरु यति वेला हर्सित भएका छन्। स्थानिय यमन गुरुङ, दुर्गा बहादुर गुरुङ लगायतले उक्त परियोजनाले गर्दा आफुहरुलाई आर्थिक रुपमा धेरै टेवा पुग्नेमा जोड दिए । हाइ अल्टिच्यूट खेल मैदान निर्माण भएसंगै यसले हाम्रो आय आर्जनमा समेत धेरै फाइदा पुग्ने, छ, यहाँ होमस्टे देखि कृषि उपजको समेत राम्रो बजारीकरण र खपत हुने यमनको दाबी छ ।
बाख्रा व्यवसायी समेत रहेका स्थानिय दुर्गा बहादुर गुरुङले उक्त परियोजनासंगै आटीघर मौजामा होटल, रेष्टुरेण्ट, रिसोर्टहरु समेत संचालन हुने प्रवल सम्भावना भएको जसले स्थानिय उत्पादन र रोजगारको अवसरमा सृजना गर्ने बताए ।