ताजा खबर

नेपाल प्रहरीमा प्रहरी जवानको लागि दरखास्त फारम बुझाउनेहरुको भिड

डि.एन.बी.

पोखरा १९, मंसिर

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि आव्हान गरिएकोमा दरखास्त दिने युवाहरुको पोखरामा भिड लागेको छ । कास्कीमा पनि जिल्ला प्रहरी कार्यालय कास्कीले जनपद पदका लागि दरखास्त फारम बुझेको हँुदा उक्त फराम बुझाउने दिन अब केही दिन मात्र बाँकी रहेकोले युवाहरुको भिड लागेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.सुवास हमालले बताए ।

उनका अनुसार कास्कीमा करिब महिला सहित ८ सय जनाले दखास्त आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट भन्दा पूर्व तर्फ लाइनमा बसेका अधिकांश युवाहरुले कोरोनाको आवश्यक स्वास्थ्य मापदण्ड भने खासै पालना भने गरेका थिएनन्। कास्कीका विभिन्न क्षेत्रबाट दरखास्त आवेदन दिन आएकाहरु मध्य अधिकांशले भौतिक दुरी एक मिटरको दुरी समेत कायम गर्न सकेनन भने केहीले मास्क समेत लगाएका थिएनन्।

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु पोखरा, बुटवल लगायत ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन लागिएको छ । गत कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन आव्हान गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *