ताजा खबर

आठ महिना पछि पोखरा रंगशालामा नियमित प्रशिक्षण सुरु

डि.एन.बी.

पोखरा १५, मंसिर

करिब ८ महिना पछि पोखरा रंगशालामा विभिन्न खेलको नियमित प्रशिक्षण सुरु भएको छ । कोरोनाको कारण रंगशालामा विभिन्न खेलकुद गतिविधि बन्द भएकोले केही दिन देखि रंगशालामा नियमित प्रशिक्षण सुरु भएको क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

उनका अनुसार रंगशालामा हाल कराँते, तेक्वान्दो, टेनिस, व्याडमिन्टन लगायतका खेलको नियमित प्रशिक्षण सुरु भएको छ । अन्य खेलहरुको समेत अबको केही दिनमा प्रशिक्षण सुरु हुने भएको प्रमुख योगीले जनाए । उनले भने “केन्द्रको निर्देशन अनुसार हाल हामीले रंगशालामा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्ने गरी विभिन्न खेलहरुको नियमित प्रशिक्षण गर्न खुल्ला गराएका छौं । ”

पोखरा रंगशाला भित्र पोखरा फुटवल स्टुडिएम निर्माणको अन्तिम चरणमा पुगेकोले केही काम हाल भई रहेको उनले जनाए । उनले भने “ यस बर्षको लागि बजेट सहितको योजना स्विकृत भएर आउदैछ, त्यस पछि हामीले रंगशालामा थप केही काम गर्दै छौं । ” पोखरा रंगशालामा केही समय अघि विभिन्न देश बाट आएकाहरुको लागि होल्डीङ सेन्टरको रुपमा समेत प्रयोग भएको थियो ।

Related posts