ताजा खबर

जिबन बचाउने अभियानका साथ पोखराबाट सुरु भएको भेन्टिलेटर खरिद गर्ने अभियानमा तपाईले पनि सहयोग गर्ने की ?

डि.एन.बी.

पोखरा १४, मंसिर

जिबन बचाउने अभियानका साथ पोखरामा सुरु भएको भेन्टिलेटर खरिद गर्ने अभियानमा सहयोग संकलन गर्न सुरु भएको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा भेन्टिलेटर बिना कोरोनाको कारण गम्भिर प्रकृतिका बिरामीहरुको ज्यान समेत गएकोले त्यसलाई मध्यनजर गरी आफुहरुले कास्कीमा भेन्टिलेटर उपलब्ध गराउने उद्धेश्यले भेन्टिलेटर खरिद गर्ने अभियानमा लागेको नेपाल भेन्टिलेटर सर्भिस कास्कीका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

उक्त संस्था हालै गठन भएसंगै हाल पोखरामा एउटा भेन्टिलेटर र ३ वटा हाई फ्लो नजल क्यानुल (अक्सिजन आवश्यक पर्ने विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अबस्था आउन नदिन र प्रभावकारी रुपमा अक्सिजन प्रवाह गर्ने उपकरण) तयारी अबस्थामा राखेको उनले बताए । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष पालिखेले अब देखि कोरोनाको कारण गम्भिर प्रकृतिका कुनै पनि कास्कीका बिरामीहरु मर्न नपरोस भनेर आफुहरु भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । उनले भने “ हामीले केही समयमा १० वटा भेन्टिलेटर तथा क्यानुल उपलब्ध गराउने लक्ष्यका साथ लागेका छौं, हाम्रो अभियानमा सवैको साथ र सहयोग आवश्यक परेको छ, हामीले २० वटासम्म भेन्टिलेटर तथा क्यानुल उपलब्ध गराउने लक्ष्य राखेका छौं । ” पोखरामा भेन्टिलेटर तथा क्यानुल स्टक राख्ने र कास्कीका जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा आफुहरुले उपलब्ध गराउने भएको अध्यक्ष पालिखेले जनाए । भेन्टिलेटर तथा क्यानुल संचालनको लागि तालिम प्राप्त स्वास्थ्यकर्मी आवश्यक भएकोले गर्दा आगामी शनिबार पोखरामा तालिम समेत संचालन हुने भएको उनले जनाए । आफुहरुको अभियानलाई सफल पार्न स्वदेश तथा विदेशमा समेत सहयोग जुट्ने भएको अध्यक्ष पालिखेले बताए । आफुहरुको अभियानमा साथ र सहयोग गर्न सम्पूर्णमा अध्यक्ष पालिखेले आव्हान समेत गरेका छन्।

आफुहरुले सामुदायिक अस्पताल, निजी अस्पताल र मेडिकल कलेजसंगको सहकार्यमा उक्त अभियान सुरु गरिएको संस्थाका सचिव रामकृष्ण ज्ञवालीले बताए । सरकारी अस्पातालमा दैनिक भेन्टिलेटर प्रयोग गरे वापत एक हजार, सामुदायिक अस्पतालमा २ हजार र प्राइभेट अस्पतालमा प्रयोग गरेवापत ३ हजार रुपैया शुल्क निर्धारण गरिएको उनले जनाए । त्यसै गरी सरकारी अस्पातालमा दैनिक क्यानुल प्रयोग गरे वापत ३ सय सामुदायिक अस्पतालमा ५ सय र निजी अस्पतालमा ७ सय रुपैशा शुल्क निर्धारण गरिएको सचिव ज्ञवालीले जनाए ।

संस्थाको उक्त अभियानको लागि पोखराका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन्। उक्त अभियानमा पोखराका युवा व्यवसायी शुनिल गोशेलीले एक लाख, नेपाल युवा उद्यमी मंचले २ लाख, संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले एक लाख, होटल बाराहीका संचालक विप्लव पौडेलले एक लाख, रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्टिक गभर्नर किरणलाल श्रेष्ठले क्लवबाट एक लाख दिने घोषणा गरेको सचिव ज्ञवालीले जनाए । त्यसै गरी पोखराका युवा व्यवसायी आनन्द बतासले एउटा मेसिन खरिद गर्ने आश्वासन दिएको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा डा.सरोज पोख्रेलले हरेक अस्पतालमा भएका भेन्टिलेटर व्याकअफको रुपमा राख्नाले गम्भिर कोरोनाका बिरामीहरुले भनेको समयमा भेन्टिलेटर पाउन नसकेको बताए । कोरोना शंक्रमण ८० प्रतिशतमा लक्ष्यण देखा नपर्ने, १५ प्रतिशतमा लक्ष्यण देखा पर्ने र बाँकी ५ प्रतिशतलाई मात्र भेन्टिलेरमा राख्नु पर्ने अबस्था आएको उनले जनाए । हाई फ्लो नजल क्यानुलको प्रयोगले भेन्टिलेटरमा लैजान नपर्ने अबस्थामा यसको प्रयोग निकै प्रभावकारी हुने भएकोले भेन्टिलेटर भन्दा पहिला यसको प्रयोग गर्दा कोरोनाका गम्भिर प्रकारका बिरामीलाई लाभ हुने डा.पोख्रेलले जनाए । उनले भने “हामीले धेरै भन्दा धेरै भेन्टिलेटर तथा क्यानुल जम्मा गर्न सके चिकित्सकको आत्मवल पनि उच्च हुन्छ । ”

रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्टिक गभर्नर किरणलाल श्रेष्ठले क्लवको पहलमा भेन्टिलेटर सहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुटमा उपलब्ध गराउने दाबी गरे । उनले प्रोटेवल भेन्टिलेटर ६ लाखमा भित्राउन सकिने बताए । २ देखि ३ सय अक्सिजन बैंक स्थापना गर्नुपर्ने बताएका श्रेष्ठले अडर गरेको न्यूनतम २ महिनामा भेन्टिलेटर पोखरामा भित्राउन सकिने जनाए । कोरोनाको रोकथाम सचेतना नै भएको उनले दाबी गरे ।

Related posts