ताजा खबर

नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा अधिकारी र गिरी निर्वाचित

काठमाण्ठौं १३, मंसिर

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा पोखराका द्धय उद्योगी व्यवसायी दामु अधिकारी र बाबुराम गिरी निर्वाचित भएका छन्। महासंघको काठमाण्डौंमा शनिबार सम्पन्न भएको ५४ औं साधारणसभाबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी र गिरीले निकटतम प्रतिद्धान्दीलाई पराजित गर्दै विजयी भएका हुन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीले प्रतिद्धन्दी चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुकेलाई २ मतको अन्तरले पराजित गरेका हुन् । अधिकारीले ७ मत पाए भने चुकेले ५ मत प्राप्त गरे । यसअघि पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको २४ औं बैठकले अध्यक्ष अधिकारीलाई संस्थापक सदस्य मध्येबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गिरी प्रदेशबाट केन्द्रीय सदस्य पदको निर्वाचनमा प्रतिद्धन्दी बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई पराजित ३ मत अन्तरले पराजित गरेका हुन् । कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र श्रेष्ठले ६ मत प्राप्त गरे । निर्वाचित अधिकारी र गिरीले उद्योगी व्यवसायीहरुको हकहितको लागि तल्लो तहबाटै समस्या समाधान गर्न आफुहरुले पहल गर्ने जनाएकाछन्। निर्वाचनमा सहयोग गर्ने प्रति धन्यवाद दिदै दुबैले आगामी आफुहरुको कार्यकालमा सफलता पूर्ण रुपमा सम्पन्न गर्न सकरात्मक सुझावको खाँचो भएको जनाए ।

Related posts