ताजा खबर

पोखरा पर्यटन परिषदको अध्यक्षमा भट्टराई

नारायण कुइकेल
पोखरा १२, मंसिर

पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदको २० औं साधारण सभा तथा ११ औं अधिवेसनले गोपी बहादुर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार बेलुका पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले सर्वसम्वत रुपमा भट्टराईको अध्यक्षतामा आगामी दुई बर्षीय कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, सचिवमा तारा पहारी, कोषाध्यक्षमा कृष्ण प्रसाद काफ्ले र सदस्यहरुमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका हुन्। परिषदको अन्य १२ सदस्यमा परिषदमा आवद्ध विभिन्न पर्यटनसंग सम्बन्धित व्यवसायीक संघ संस्थालाई पदेन सदस्यमा रुपमा रहेका छन्। परिषदको निवर्तमान अध्यक्ष चिरन्जिबी पोख्रेल रहेका छन्।

यसैबिच, उक्त अधिवेसनको एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्दै पोखरामा विस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकोले आर्थिक कृयाकलाम चलायमान हुन थालेको जनाए ।

Related posts