
डि.एन.बी.
पोखरा ११, कात्तिक
यस बर्षको हरिबोधीनी एकादशी (ठुलाएकादशी ) पर्व पोखरामा पनि मनाईएको छ । यस बर्षको कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी पर्वको अवसरमा पोखरा क्षेत्रका बिष्णुका भक्तहरुले कोरोनाका बाबजुत पनि केहीले स्वास्थ्य मापदण्ड पालना गर्दै बिष्णु भगवानको पुजा गर्दै तुल्सी घाटमा फुल अर्थात तोरण टाग्दै भजन कृतनका साथ हरिबोधिनी एकादशी पर्व मनाएका हुन ।

यस बर्ष तुल्सीघाटमा पोखरा र कास्कीका छिमेकी जिल्लाबाट करिब २४ वटा भन्दा बढी तोरण टागिएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजी प्रसाद कोईरालाले बताए । कोरोनाको कारण यस बर्ष अघिल्ला बर्षको तुलनामा करिब १० प्रतिशत मात्र भक्तजनहरु सहभागिता भएको अध्यक्ष कोइरालाले बताए । त्यसै गरी विहिबार तुल्सीघाटमा आरती साँझ समेत गरिएको उनले जनाए । केदारेश्वर महादेवमणि मन्दिरका व्याबस्थापक पिठाधिश डा. लेखनाथ आचार्यले शिव भक्ति सम्बन्धि प्रवचन समेत दिएको समितिले जनाएको छ । तुल्सीघाटमा यस बर्ष श्रीपती कोइराला गुठीले निःशुल्क रुपमा पिउने पानी, सेनिटाइजर, ग्लोव र मास्क समेत वितरण गरेको गुठकीका कर्मचारी कल्पना कोइरालाले बताइन् । तोरण टाग्ने टोली तथा भक्तजनहरुको सहयोगले समितिले तुल्सीघाटको भौतिक पूर्वाधार निर्माणमा खर्चिदै आएको अध्यक्ष कोईरालाले जनाए ।

यसैबिच रामघाट नजिकै शिव मन्दिर निर्माण हुने भएको छ । उक्त मन्दिर निर्माणको लागि पोखरा १४ का कृष्ण ढुंगना, लुरे ढुंगना र नन्दकली ढुंगनाको स्मृतिमा निर्माण हुने भएको अध्यक्ष कोईरालाले बताए । उक्त मन्दिर निर्माणको लागि कृष्णकी श्रीमती, लुरे ससुरा र सासु आमा नन्दकलीको स्मृतिमा राधादेवि ढुंगना र राधा तथा कृष्णका छोरा डा. इनक्लव ढुंगनाले ३ लाख ३ हजार ३ सय ३३ रुपैया आर्थिक सहयोग गरेका छन्।

त्यसै गरी पोखरा ५ निवासि ८८ बर्षीया ज्येष्ठ नागरिक वसुन्धरी कोइरालाले पोखराको रामघाटमा शवदाह स्थल निर्माणको लागि एक लाख एक हजार रुपैया समितिका अध्यक्ष एवं आफ्नै छोरा रामजी प्रसाद कोईराला र कोषाध्यक्ष लिलामणि सिग्देललाई उक्त रकम विहिबार हस्तान्तरण गरेकी हुन्।



