ताजा खबर

मौद्रिक निती आँखाको फल आँखा तरी मर जस्तै भयोः सांसद पहारी , पोखरा र चितवनमा अन्तराष्ट्रिय स्तरकै तालिम सुरु हुने

डि.एन.बी.
पोखरा ९, मंसिर

गण्डकी प्रदेशका सांसद राजीव पहारीले कोभिड—१९ ले गर्दा सवै भन्दा बढी पर्यटन र यातायात व्यवासायीहरु ठुलो मर्कामा परेको बताए । तालिम प्रदाय संस्था ब्रिलियण्ट म्यानपावर टे«निङ सेन्टरको आयोजनामा ‘दिगो रोजगारीका लागि पर्यटन क्षेत्रका तालिम परियोजना’ कार्यक्रमको मंगलबार पोखरामा शुभारम्भ गर्दै सांसद पहारीले कोभिड—१९ ले गर्दा सवै भन्दा बढी पर्यटन र यातायात व्यवासायीहरु ठुलो पिडामा भएको बताएका हुन्।

उनले भने “ कोभिड—१९ ले धेरै क्षेत्र प्रभावित भयो तर पर्यटन क्षेत्र सवै भन्दा धेरै त्यस्तै यातायात व्यसायी पिडामा परेका छन्, उनीहरुको माग मौद्रिक नितीले सम्वोधन हुने अपेक्षा गरे पनि हाल व्यवहारमा लागु गर्न नसक्दा आकाशको फल आँखा तरी मर जस्तै भएको छ । ” सांसद पहारीले तालिमले सीप र रोजगारीलाई सँगसँगै अगाडि बढाउनुपर्ने अन्यथा कितावी ज्ञानले देशमा बेरोजगार मात्र उत्पादन हुने जनाए । उनले भने “ यस्तो प्रकारको तालिमले आत्मनिर्भर उन्मुख गरी बढ्दो बेरोजगार समस्यालाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने छ । ”

पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहारीले यस्तो तालिम संचालन गर्न वडाले आवश्यक समन्वय सहित सहकार्य गर्न तयार रहेको जनाए । कार्यक्रममा संस्थाका सहजकर्ता डा. कुसुमाकर भट्टले परियोजनाबारे जानकारी दिँदै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल स्काउटका गण्डकी प्रदेश संयोजक आर्शिरबार सुवेदीले यस्ता तालिमले विदेश जाने युवा शक्तिलाई स्वदेशमै रोक्न सक्ने दाबी गरे । तालिमको सहयोगी संस्था पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा सेन्टरका प्रेम पुन, दिगो रोजगारीका लागि पर्यटन क्षेत्रका तालिम परियोजना (एसटीएसई) का पोखरास्थित संयोजन समिति सदस्य लेखनाथ पहारीले लगायतले यस्तो तालिम देशमा आवश्यक भएकोमा जोड दिए ।

यसैबिच, तालिम प्रदाय संस्था ब्रिलियण्ट म्यानपावर टे«निङ सेन्टरले नेपालमै पहिलो पटक युरोपियन युनियनको आर्थिक सहयोगमा सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा लक्षित व्यक्तिहरुको लागि पोखरा र चितवनमा ६ महिने सैद्धान्तिक तथा व्यहवहारिक ज्ञान सहितको अन्तराष्ट्रिय स्तरकै तालिम दिने भएको कार्यक्रम संयोजक सुदिप पोख्रेलले बताए । आर्थिक अबस्था निकै कमजोर भएका तर सिप सिक्न चाहेका, गरिब, दलित, महिला, पछिपरेका, सिपको अभावमा आफ्नो क्षमता बृद्धि गर्न नपाएकाहरुको लागि आफुहरुले स्थानिय तह र निजी क्षेत्रका व्यवसायीक संघ संस्थाका पदाधिकारीहरुको समन्वय र सहकार्यमा तालिममा सहभागि हुनेहरुलाई छनौट गरिने भएको संयोजक पोख्रेलले बताए ।


कुक, वेटर÷वेट्रेस, हाउसकीपिङ र फ्रन्ट अफिस रिसेप्सनिष्ट सम्बन्धित ४ वटा विधामा तालिम प्रदान गरिने भएको सहजकर्ता डा. कुसुमाकर भट्टले बताए । उक्त तालिम प्राप्त गरेका व्यक्तिलाई रोजगार प्राप्त गर्न खासै कठिनाई नहुने उनले दाबी गरे । उक्त तालिम पश्चात सिटिइभिटिबाट मान्यता प्राप्त हुने गरी लेवल वानको प्रमाणपत्र पाउने भएका छन जुन प्रमाणपत्र अन्तराष्ट्रिय बजारमा निकै माग भएको उनले जनाए । ब्रिटिस काउन्सिलको व्यवस्थापन तथा दक्षता परियोजनाको सहयोगमा अप्रेन्टिसीप मोडलमा पर्यटन तथा होटलसँग सम्बन्धित सीपमूलक तालिम कार्यक्रम संचालनका लागि उक्त परियोजना नेपालमा स्वीकृति पाएको हो ।

Related posts