
जया बराल (पौडेल)
पोखरा ९, मंसिर
भोलि (बुधबार) देखि नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी महिला हिंसा बिरुद्ध १६ दिने अभियान सुरु हुने भएको छ । यस बर्ष कोभिड—१९ को कारण प्रत्यक्ष भेटघाट र भेला नभई विभिन्न सामाजिक संजालको माध्यम मार्फत महिला हिंसा बिरुद्धको सचेतना मुलक कार्यक्रमहरु पोखरामा पनि हुने भएको जोन्ता क्लव अफ पोखराकी अध्यक्ष लिना श्रेष्ठ गोशेलीले बताइन्।
सामाजिक सञ्जाल, भिडियो कन्फरेन्स(जुम मिटिङ), विभिन्न संचार माध्यमा महिला हिंसा बिरुद्धको चर्चा परिचर्चा गनिरे भएको अध्यक्ष गोशेलीले जनाइन्। उनले भनिन “ नेपाली महिलाहरु अझै पनि राजीनितको मुल प्रवाहमा कमै सहभागिता रहेको छ, उनीहरुलाई कार्यकारी अधिकार कमै प्राप्त भएको छ, जबसम्म लैगिङ समानता हुदैन तव सम्म महिला हिंसा पनि बढ्दै जान्छ । ”
नोवेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिला विरुद्ध हुने हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइदै आएको पाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ देखि नै प्रत्येक वर्ष नोेभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको हो । उक्त अवसरमा नेपालमा १६ दिनसम्म लैगिंक हिंसा अन्त्यका लागि विभिन्न संघ संस्थाहरु उक्त अभियानमा जुट्ने गरेका छन्।