ताजा खबर

प्याराग्लाईडिङ दुर्घटनाको सत्यतथ्य पक्ता लगाउन अध्ययन समिति गठन

डि.एन.बी.
पोखरा ८, मंसिर

फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय प्याराग्लाईडिङ पाइलट एवं कराँतेका खेलाडी राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्य भएको घटनालाई लियर घटनाको बारेमा सत्य तथ्य पक्ता लगाउन अध्ययन समिति गठन भएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना) का उपाध्यक्ष एवं सुरक्षा व्यबस्थापन समितिका संयोजक समेत रहेका नारायण पहारीको संयोजकत्वमा अध्ययन समिति गठन भएको ना का अध्यक्ष कृष्ण भण्डारीले बताए । समितिको अन्य सदस्यमा ना का प्राविधिक उपाध्यक्ष अनिल केसी र नेपाल प्याराग्लाईडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारी रहेका छन्। उनीहरुलाई एक हप्ता भित्र उक्त दुर्घटनाको बिषयमा सत्यतथ्य पक्ता लगाउन आफुहरुले आग्रह गरिएको अध्यक्ष भण्डारीले जनाए ।

पोखरामा हुने प्याराग्लाईडिङ दुर्घटनालाई अब न्यूनिकरण गर्न आफुहरुले केही कडाई गर्ने उनले जनाए । उनले भने “ पोखरामा प्याराग्लाईडिङ गर्दा केहीमा अलि ओभर कन्फिडेण्ट, सामाजिक सञ्जालमा ल्याउनको लागि आवश्यक सुरक्षा मापदण्डका कुरालाई ख्यान नगरेको लगायतका कुराहरु आएकोले यसलाई अब हामी थप कडाई गछौं । ”

यसैबिच, मंगलबार प्याराग्लाईडिङ पाइलट नेपालीको शोकमा प्याराग्लाईडिङ खेल गतिविधि बन्द गरिएको छ । पोखरामा व्यवसायीक प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटनामा परी सोमबार मृत्यु भएका नेपालीको शोक सभा सहित मंगलबार एक दिनको लागि सम्पूर्ण व्यवसायीक प्याराग्लाईडिङ गतिविधि बन्द गराईएको अध्यक्ष भण्डारीले बताए । बुधबार देखि भने नियमित रुपमा प्याराग्लाईडिङ गतिविधि हुने भएको उनले जनाए ।

यसैबिच, पाइलट नेपालीको पोखराको रामघाटमा श्रद्धान्जली सभा समेत गरिएको ना ले जनाएको छ । उनको पोष्टमाटम पश्चात अन्तिम दाहसंस्कार रामघाटमा गरिएको हो । नेपाल स्टोङगेष्ट क्योकुशिन कराँते सधका प्रशिक्षक ब्ल्याक बेल्ट थड डान खेलाडी नेपालीलाई पोखरा रंगशालमा समेत श्रद्धान्जली सभा गरिएको थियो । उनीसंग प्याराग्लाईडिङ गरेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ वासीकु बस्ने २८ बर्षीया शिला श्रेष्ठ गम्भिर घाईते भएकी छन्। दुर्घटना पश्चात उनको पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भएसंगै थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौं तर्फ लगिएको छ । उनी खतरा मुक्त भएकी नाले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *