डि.एन.बी.
पोखरा ८, मंसिर
गण्डकी प्रदेश, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र २ (ख) बाट यस बर्षको लागि २५ वटा योजना छनौट भएका छन्। गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापाको संयोजकत्वमा गठन भएको समितिले २ करोड बजेटको लागि कृषि, पर्यटन, खानेपानी, भौतिक पूर्वाधार, सिंचाई, तटबन्दन लगायतका २५ वटा योजना हालै छनौट गरिएको प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
समितिका संयोजक थापा, समितिको सदस्य एवं प्रदेश सांसद कुमार खड्काको संयुक्त पहलमा १८ वटा योजना छनौट भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई सांसदहरु प्रभा कोइराला र मीना गुरुङ्गको संयुक्त पहलमा ७ वटा योजना छनौट भएका ह्न्। कांग्रेसको तर्फबाट सांसद भएका उनीहरुको भागमा २ करोड मध्य एक करोड ४५ लाख ६८ हजारको बजेट विनियोजन गरिएको हो । त्यसै गरी नेकपा का दुई सांसदहरु कोइराला र गुरुङ्गको भागमा ५४ लाख ३२ हजार रुपैया विनियोजन गरिएको छ । यस बर्ष देखि कृषि, पशुपालन, पर्यटन क्षेत्रमा कुल बजेटको २५ प्रतिशत लगानी गर्नु पर्ने, निर्वाचित सांसदको हकमा ७० प्रतिशत, समानुपातिक सांसदको हकमा ३० प्रतिशत बजेट विनियोजन गर्ने नयाँ कार्यविधिले तोकेको छ । तर यदि दुई वा दुई भन्दा बढी समानुपातीक सांसद भएको अबस्थामा भने कुल बजेटको ४० प्रतिशत बजेट सांसदहरुले आफ्नो योजनामा बजेट खर्चिन पाउनेछन्।
सांसद थापा र खड्काको तर्फबाट छनौट भएका योजनाहरु मध्य पोखरा ९ को बुद्ध मार्गमा नालि सहित बाटो निर्माणको लागि २५ लाख, पोखरा ८ को सरस्वती मन्दिर तथा बहुउद्देसीय सामाजिक भवन निर्माणको लागि बजेट विनियोजन भएको छ । त्यसै गरी पोखरा ९ को दरवारथोक चोक बाट महेन्द्र मावि सम्मको बाटो निर्माण (दुवै तर्फ नालि सहित), खवास टोलमा १० लाख, पोखरा २० मा झोलुङ्गे पुल देखी स्यानीपाटन सम्म नाली सहित बाटो निर्माण र खरिकुनादेखी राधाकृष्ण मन्दिर सम्म पद मार्ग निर्माणको लागि १२ लाख, पोखरा ११ को शिवशक्ति माविमा कम्यूटर ÷ मनिटर खरिद र सन्तानेश्वर शिव मन्दिरमा बाचनालय निर्माणको लागि ५ लाख, पोखरा ४ को नविन मावीमा कम्यूटर, प्राविधिक सामाग्री, बाद्य सामाग्री र अन्य खरिदको लागि ५ लाख बजेट विनियोजन गरिएको सांसद थापाले बताए ।
त्यस्तै पोखरा ४ को कालिमाटी मार्गमा नाला तथा स्ल्याब निर्माण र सडक बत्ती जडानको लागि ५ लाख, पोखरा १६ को क्रियापुत्री भवन निर्माण गन्धर्व टोल र सिमलखोरी, चण्डिका टोल गैह्राबारी जाने बाटो निर्माण (नाली स्ल्याब) को लागि ५ लाख, पोखरा १६ कै गैह्राबारी आमा समुहको भवनमा शौचालय निर्माणको लागि २ लाख, पोखरा ४ को बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्र, कास्कीको लागी ल्यापटप, प्रिन्टर, फर्निचर, साउण्ड सिस्टम लगाएत अन्य सामाग्री खरिदमा ४ लाख, पोखरा १६ को महाविर कृषि मार्ग कुर तथा ऐतिहासिक कुवा चौतारी पुर्ननिर्माण, हरिपाउमा ६ लाख, पोखरा १६ को सरस्वती अम्विका मन्दिर, आत्मज्ञान केन्द्रको पुननिर्माणमा ५ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।
त्यस्तै पोखरा १६ को बडहरबोट कृषि मार्ग संरक्षण÷निर्माणमा ३ लाख, पोखरा १६ कम्पोष्ट मल निर्माण, सरसफाई कार्यक्रम, राजपँधेरामा ३ लाख २५ हजार, पोखरा १६ कै कुँवर घाटीपाटन चौतारी पुननिर्माणमा ५ लाख, पोखरा १६ कै डाँडाथोक टोल सुधार समितिको लागी ल्यापटप, फर्निचर, उर्जा र अन्य सामाग्री खरिद तथा चण्डिका प्रावीको लागी शैक्षिक सामाग्री खरिदमा ५ लाख ५० हजार, पोखरा २० को पिपलडाली ऐतिहाँसीक कुवा र पर्खाल निर्माणमा २ लाख २५ हजार र सिँचाई डिभिजन कार्यालय मार्फत तारजाली र खानेपानी ÷ सिँचाईको पाईप खरिदमा १० लाख ९३ हजार बजेट विनियोजन गरिएको सांसद थापाले जनाए ।
त्यस्तै सांसद कोईराला र गुरुङको तर्फबाट परेका योजनाहरु मध्य पोखरा १६ को तुम्के,गल्र्याङ, आलेबारी सडक स्तरोन्नती जसमा २५ लाख रुपैया विनियोजन भएको छ । त्यसै गरी पोखरा ४ मा सुनौलो मार्गको बाटो स्तरोन्नती र शिवटोल बहुउद्देश्यिय भवन निर्माण एवं राष्ट्रिय अपाङ्ग सेवा समाज भवन अगाडी स्ल्याब निर्माणको लागि ७ लाख, पोखरा ११ मा फुलवारी मार्ग बाँस्तोलाथरको बाटो तथा फुलवारी समितारा मार्गमा रेलिङ्ग निर्माणको लागि ७ लाख, पोखरा ११ कै बाँसखोला बाट पाँढेथोक जानेबाटो स्तरोन्नीतीको लागि ४ लाख, पोखरा १६ को प्रगतिशिल आमा समुहमा फर्निसिङ सामान खरिदको लागि ३ लाख ३२ हजार, पोखरा १६ कै चण्डीका मन्दिरमा कम्पाउण्ड वाल, पार्क निर्माण र गायक टोलमा खानेपानी निर्माणको लागि ४ लाख र पोखरा २० को डाडागाँउ गैह्रीस्वारा बाटो स्तरोन्नतीको लागि ४ लाख बजेट विनियोजन गरिएको सांसद मीना गुरुङले बताइन्। प्रेस यूनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।