
डि.एन.बी.
पोखरा ८, मंसिर
पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जना प्याराग्लाईडिङ पाइलटको मृत्यु भएको छ भने एक पर्यटक घाइते भएका छन्। पोखरा १८ सराङकोटबाट एक पर्यटक लियर उडान गरेका फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय प्याराग्लाईडिङ पाइलट राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी आज(सोमबार) पोखरामा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नेपालीले ल्याण्डीङ गर्ने क्रममा खपौदी क्षेत्रमा दुर्घटनामा पर्दा उनको उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्तले जनाएका छन्। उनीसंग प्याराग्लाईडिङ गरेकी एक पर्यटक काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ वासीकु बस्ने २८ बर्षीया शिला श्रेष्ठ गम्भिर घाईते भएकी छन्। दुर्घटना पश्चात उनको पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भएसंगै थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौं तर्फ लगिएको नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार उनी खतरा मुक्त भएकी छन्। उक्त दुर्घटनाको बारेमा हाल केही भन्न नसकिने केही दिन पछि प्राविधिक टोलीले अनुसन्धान गरे पछि मात्र थाहा हुने उनले जनाए । प्याराग्लाईडिङ ल्याण्डिङ गर्ने स्थान भन्दा करिब एक किलोमिटर माथिल्लो क्षेत्रको डाँडामा प्याराग्लाईडिङ दुर्घटना भएको पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । यस बिषयमा प्रहरीले समेत थप अनुसन्धान गर्ने भएको छ ।
पोखरा महानगरपालिका २८ स्थित कालिका घर भई भएका नेपाली हाल लेकसाईड बस्दै आएका थिए भने उनीले पोखरामा विगत ७÷८ बर्ष देखि प्याराग्लाईडिङ गराउदै आएका थिए । कोरोनाको कारण पछिल्लो समयमा प्याराग्लाईडिङ गर्नेहरुको सङख्या ह्वात्तै बढेको अध्यक्ष भण्डारीले बताए । पोखरामा टेण्डम तथा सोलो प्याराग्लाईडिङ पाइलटले थोरै सावधानी अपनाउन नसक्दा र केही प्राविधिक कारणले गर्दा पनि कहिले काँहि प्याराग्लाईडिङ दृर्घटना हुने गरेको स्थानियले बताए ।