ताजा खबर

पोखराको टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाताबाट सम्मानित

डि.एन.बी.
पोखरा ७, मंसिर

पोखरा ६ मा रहेको टेम्पल ट्रि रिसोर्ट प्रा.लि.यस बर्ष उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । ९ औं राष्ट्रिय कर सप्ताह समापन कार्यक्रमको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले आइतबार एक समारोहका बिच कास्की जिल्लाबाट २०७५÷७६ मा सबै भन्दा बढी आयकर दाखिला गर्न सफल भएको भन्दै सम्मान गरेको हो ।

त्यसै गरी स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि.लाई उक्त अवसरमा आइतबार पोखरामा सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले बताए । स्याङजाबाट २०७५÷७६ मा सबै भन्दा बढी आयकर दाखिला गर्न सफल भएको भन्दै कार्यालयले सूर्योदयलाई समेत सम्मान गरेको हो ।

एक समारोहका बिच सम्मानित संस्थाका पदाधिकारीलाई गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद नेपालले प्रशम्सा पत्रको साथमा दोसल्ला ओढायर सम्मान गरेका थिए । यसैबिच, उक्त अवसरमा कार्यालयका एक जना कर्मचारी समेत सम्मानित भएका छन्। कार्यालयका नायव सुब्बा चित्र ढकाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । उनलाई नगद २ हजार सहित पं्रशम्सा पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख सचिव नेपालले नेपालमा कर अनलाइन सिस्टम सुरु भए पनि अझै त्यसको प्रभावकारीता कमै भएको जनाए । अझै पनि करको धेरै दायरा छुट्न गएकोले करदाताले इमानदारीताका साथ कर तिर्न पनि उनले आग्रह गरे । टेम्पल ट्रि रिसोर्टका सञ्चालक पर्यटन व्यवसायी वसन्त गौतम र सूर्योदय लघुवित्तका सञ्चालक गुणाखर सापकोटाले आफुहरु सम्मानित भएकोमा खुसि व्यक्त गर्दै कार्यालयलाई धन्वयाद दिएका थिए । यसैबिच, मंसिर एक देखि पहिलो हप्तालाई कार्यालयले यस बर्ष पनि नवौं राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए । स्वच्छ, पारदर्शी र प्रबिधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ यस बर्षको कर दिवस मनाइएको कर अधिकृत कर्मसिंह लामाले जनाए ।

यस चालु आ.व.को कार्तिक मसान्तरसम्म उक्त कार्यालयबाट व्यक्तिगत स्थायी लेखा
नम्बर ९६ हजार ९ जना ले लिएका छन्। १ लाख ५८ हजार ८५ जना करदाता रहेकाछन्
भने व्वसायी स्थायी लेखा नम्बर लिनेको सङख्या ६२ हजार ६४ जना रहेको छ ।
मुल्य अभिबृद्धिकरमा १२ हजार ७६ जना दर्ता भएका छ
न्। उक्त कार्यालयको कार्यक्षेत्र हाल कास्की र स्याङजा रहेको छ ।

Related posts