डि.एन.बी.
पोखरा ६, मंसिर
हिमचुली एफ.एफ.का संस्थापक अध्यक्ष एवं पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल ई.लेखबहादुर गुरुङको निधन भएको छ । काठमाण्डौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो करिब २ः०० बजे उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
उच्च रक्तचापका कारण कलेजमै बेहोस भएका उनको कात्तिक २५ गते उपचार गर्न अस्पताल लगिएको थियो । उनको ६७ बर्षको उमेरमा असामयिक निधनप्रति कलेज गहिरो दुःख व्यक्त गरेको छ । उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको कलेजका प्रशासक प्रमुख चिजकाजी गुरुङले बताए । मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा कलेजले हार्दिक समवेदना समेत व्यक्त गरेको छ । उनको शव हाल पोखरा ल्याइदै छ भने आइतबार बिहान करिब १०ः०० बजे देखि १२ः०० बजेसम्म कलेज परिसरमा अन्तिम श्रद्धान्जली कार्यक्रम हुने तयारी गरिएको प्रशासक प्रमुख गुरुङले बताए । उनको जन्म २०१० भदौं ५ गते भैरहवामा भएको थियो ।
स्याङजाको शिर्शकोटमा जन्मेका इ. गुरुङ प्राविधिक क्षेत्रमा विभिन्न क्षेत्रमा काम गर्दै भैरहना हुदै पोखरा बसाई सरेसंगै २०५६ साल देखि उक्त कलेज स्थापना गरेका हुन्। उनका हाल एक श्रीमती दुई छोरा रहेकाछन्। उनको अन्तिम दाह संस्कार तमु प्हेल्यू संघ पोखरामा गर्ने भएको छ ।