ताजा खबर

कोरोनाबाट १ हजार २ सय ९८ जनाको ज्यान गयो

समाचारकक्ष
काठमाण्डौं ५, मंसिर

नेपालमा कोरोना भाइरस संक्रमणबाट १ हजार २ सय ९८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको समयमा थप २२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएसंगै उक्त सङख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा ४ सय ३ जनाको आइसियु तथा ६३ जना संक्रमितको भन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ भने १९ हजार १४ जना होम आइसोलेसनमा रहेका छन् ।पछिल्लो चौविस घण्टामा नेपालमा थप १ हजार ९ सय ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । हाल नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
नेपालमा थप ५ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *