ताजा खबर

पोखरा महानगरमा आज सार्वजनिक बिदा, कोरोनाले गर्दा महानगरले आइतबार देखि एक हप्ता आंसिक सेवा प्रदान गर्ने

डि.एन.बी.
पिोखरा ५, मंसिर

पोखरा महानगरपालिकाले आज( शुक्रवार) सार्वजनिक विदाको घोषणा गरेको छ । नेपालीहरुको महान छठ पर्वको शुभ अवसरमा महानगरपालिका र महानगर अन्र्तगत वडा कार्यालयहरु आज(शुक्रबार) एक दिन सार्वजनिक बिदा गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जारी गरेको सार्बजनिक सूचनामा उल्लेख गरिएको छ ।

यसबाट पर्न जाने असुबिधा प्रति पोखरा महानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।

साथै पोखरा महानगरले आइतबार देखि आंसिक कर्मचारीबाट एक हप्ताको लागि सेवा प्रवाह गर्ने भएको छ । पोखरा महानगररका धेरै कर्मचारीमा कोरोना शंक्रमण देखा परेकोले गर्दा मंसिर ७ देखि १२ गते एक हप्ताको लागि आंसिक सेवा प्रदान गर्ने भएको महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पोखरा महानगर र महानगरका वडा कार्यालयका धेरै कर्मचारीमा कोरोना शंक्रमण देखा परेकोले गर्दा एक तिहाई कर्मचारीबाट मात्र सेवा दिनु पर्ने भएकोले गर्दा एक हप्ता सेवा प्रवाहमा केही प्रभाव पर्ने भएको महानगरले जनाएको छ ।

Related posts