डि.एन.बी.
पोखरा ४, मंसिर
नेपालीहरुका महान पर्व विजया दशमी तथा शुभ—दिपावली पर्व कोरोना भाइरस(कोभिड—१९) ले गर्दा यस बर्ष खासै उत्साह र उमङग एवं घर घरमै सिमित भएको अबस्थामा छठ पर्व पनि घर घरमै सिमित हुने भएको छ । पोखरा नदीपुरको नारायणथान मन्दिर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी परिसरमा धुमधामका साथ मनाउदै आएको छठ पर्व यस बर्ष घर घरमै सिमित हुने भएको प्राध्यापक देवनारायण सुतीहारले बताए ।
यस बर्ष रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा सामुहिक रुपमा छठ पुजा नगर्ने भएको समितिका अध्यक्ष समेत रहेका प्राध्यापक सुतीहारले बताए । बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) मा पनि यस बर्षको छठ पूजा धुमधामका साथ नहुने भएको एन.बी.व्यवसायी संघले जनाएको छ । कोरोनाको कारण यस बर्ष पोखरा नदीपुरको नारायणथान मन्दिर परिसरमा सूर्यका भक्तहरुको आगमन नहुने भएको नारायणथान मन्दिर सेवा समितिका सदस्य राजेश कुमार गुप्ताले बताए । उनले भने “यस बर्ष कोरोनाले गर्दा अधिकांश सुर्यका भक्तहरुलाई आ—आफ्नो घर घरमै पूजा आज गर्न हामीले आव्हान गरेका छौं, प्रशासनले पनि सामुहिक रुपमा पर्व मनाउन रोक लगाएकोले गर्दा हामीले सामुहिक रुपमा छठ पूजाको व्यबस्थापन यस बर्ष गर्न सकेनौं ।” नारायणथान मन्दिर सहित पोखरामा मुख्य तीन ठाँउमा सामुहिक छठ पूजा गर्ने व्यबस्थापन गर्दै आए पनि यस बर्ष भने खासै व्यबस्थापन नगरिएको विभिन्न छठ पूजा समितिहरुले जनाएका छन्।
बिशेष गरी तराई मुलका व्यक्तिहरुले मानिने छठ पर्व केहि बर्ष देखि पोखरामा व्यबस्थित ढंगले तीन ठाँउमा मनाउन थालेसंगै तराई बासिहरुसंगै पहाडीयाहरुले समेत उक्त पर्व मनाउन थालेका छन्। सुर्यका भक्तहरुले छठ पर्वको मुख्य दिन (षष्ठी) पर्व भोलि (शुक्रबार) अस्ताउदो सुर्यलाई अर्घ दिदै छन भने शनिबार उदाउदो सुर्यलाई अर्घ दिएसंगै यस बर्षको छठ पर्वलाई बिधाई गर्ने भएका हुन्। छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गरेका थिए । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पूजा आज गर्न गर्दछन।