
डि.एन.बी.
पोखरा ३,, मंसिर
पोखरा २२ स्थित पूम्दी भुम्दीका जेष्ठ नागरिक बुद्धि बहादुर गुरुङ रहेनन्। भुम्दीको काभ्रे घर भएका १ सय ५ बर्षीय जेष्ठ नागरिक गुरुङको मंगलबार विहान ४ः०५ बजे आफ्नै निवासमा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।
उनको अन्तिम दाहसस्ंकार नेपाली परम्परा अनुसार पैयूचौतारा आर्यघाट पुम्दी भुम्दीमै गरिएको स्थानिय प्रकाश बरालले बताए । भारतिय पेन्सनर गुरुङ, सामाजिक विभिन्न संघ संस्था र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको बरालले जनाए । गुरुङका ५ छोरा १ छोरी रहेका छन्।