ताजा खबर

माथिल्लो घरबाट तल्लो घरमा भाईलाई टिका लगाउन जार्दै गर्दा अरिंगालको टोकाईले बालिकको ज्यान गयो

पोखरा ३, मंसिर

मंसिर १ गते भाइटिकाको अवसरमा आफ्ना भाईलाई टिका लगाउन भनि माथिल्लो घरबाट तल्लो घरमा टिका लगाउन हिडेकी एक बालिकको स्याङजामा अरिंगालको टोकाइले मृत्यु भएको छ । स्याङजा, पुतलीबजार नगरपालिका–१४ तलामागेकी १३ वर्षीया अतिथि गैह्रेलाई तलामागेमा रहेको एक रुखबाट धेरै सङख्यामा आएका अरिंगाले टोकेसंगै उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको उनका आफन्तले जनाएका छन्।

सोमबार बिहान करिब सवा १० बजेको समयमा सिमसिम पानी परेसंगै हावा चलेका कारण कालो अरिङ्गाल रुखबाट उडेको र त्यही समयमा कालो कपाल देखेका कारण बालिकालाई टोकेको हुन सक्ने स्थानियले अनुमान गरेका छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोष्टमाटम पश्चात अन्तिम दाहसंस्कार समेत गरिएको बताइएको छ । अरिङ्गालको टोकाइबाट उनकै साथमा रहेकी बहिनी पनि सामान्य घाइते भएकी छिन् ।

गैह मृतक अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरी हुन् । उनको स्याङजाको जिल्ला अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । सामाजिक संजालमा गैरे परिवारलाई धेरैले हार्दिक समवेदना र दुःख व्यक्त समेत गरेका छन्।

Related posts