ताजा खबर

बिकास आयोजना हेर्दै ,जनता भेट्दै साम्सद बिद्या भट्टराई

पोखरा ,कार्तिक २७

प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईको कास्की निर्बाचन क्षेत्र(२ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ ।भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन ।

सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न। यसैबिच उनले बुधबार पोखरा ३३ भरत पोखरि पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन।उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ करोडको लागतमा ढलान र कालोपत्रेको काम भइरहेको छ।

उक्त निर्माणाधीन सडकको अनुगमन गर्दै भट्टराईले कास्किको दक्षिणी भेग सहित तनहुँ र स्याङ्जाका जनतालाइ समेत सहज हुने सो सडक समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिदै निर्माण कम्पनीलाई सोही अनुसार कार्य सम्पादन गर्न निर्देशन दिइन। स्थानिय उपभोक्ता का समस्यालाई प्राथमिकता राखेर सोही अनुसार सम्बोधन गर्न स्थानिय जनप्रतिनिधिलाई आग्रह गरिन। बिकास निर्माणका कार्य बाताबरण मैत्री हुनुपर्ने र सो को लागि कुनै कसर बाकी नराख्न उनले आग्रह गरिन । भट्टराईले आफ्नो क्षेत्रमा संचालित अन्य आयोजनाहरुको अनुगमन जारी राख्ने जनाइएको छ। यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना,
हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडक लगायतका आयोजनाहरु अवलोकन गरेको उनको सचिबालयले जनाएको छ।

Related posts